सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेडियो देवघाटले विविध कार्यक्रम गरी दशौं वार्षिकोत्सव मनाउने


  •    न्युजभित्तो/२३ पुष २०७७, बिहीबार २०:०० 
  • चितवन, २३ पुस । पवित्र तीर्थस्थल देवघाटमा रहेर सूचना तथा सञ्चारको क्षेत्रमा योगदान दिंदै आएको रेडियो देवघाट १०२.६ मेगाहर्जले आफ्नो १० औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । आउँदो माघ १ गते दशौं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गर्न लागेको रेडियोले धार्मिक प्रवचनसहित सामाजिक कार्य गरी वार्षिकोत्सव मनाउन लागेको हो ।

    रेडियोले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी वार्षिकोत्सवको बारेमा जानकारी दिएको छ । वार्षिक उत्सव अन्तर्गत पुस २७ गते देवघाट बसपार्क चितवनमा खुल्ला रक्तदान कार्यक्रम राखिएको छ । यस्तै पुस २८ गते रेडियो परिसरमा देवघाट क्षेत्रका संघसंस्थाबीच अन्तरक्रिया कार्यक्रम तथा सोही दिन अन्तर आमा समूहस्तरीय हाजिरी जवाफ प्रतियोगिता र माघ १ गते वृद्धाश्रमका वृद्धवृद्धालाई फलफूल वितरणसँगै उत्कृष्ट स्रोतालाई रेडियो वितरण कार्यक्रम राखिएको स्टेशन म्यानेजर सुवास लामिछानेले जानकारी दिनुभयो ।

    पुस २८, २९ र माघ १ गते देवघाटधामका तीन पीठका पीठाधिशको उपस्थितिमा देवघाटको महिमा, धार्मिक महत्वका बारेमा प्रवचन तथा अन्तक्र्रिया कार्यक्रम समेत हुने सो अवसरमा जानकारी दिईयो ।

    विसं २०६७ सालमा स्थापना भएको रेडियोले ईन्टरनेट मार्फत् विश्वभर र आफ्नो प्रसारण क्षेत्रका वासिन्दालाई देवघाटको महिमा र विश्व परिवेशबारे सूचना र मनोरञ्जन प्रदान गर्दै आईरहेको रेडियोका उपाध्यक्ष विजयराज शर्मा भुषालले जानकारी दिनुभयो । सोही अनुरुपको मूल मन्त्रलाई आत्मसात गर्दै अगाडि बढेको उहाँले बताउनुभयो । रेडियोमा नेपाली संस्कृतिको संरक्षण, सम्बद्र्धन तथा समाजमा शान्ति र सद्भाव फैलाउने कार्यक्रम प्रसारण हुँदै आएको भुषालको भनाई थियो ।

    तनहँ, चितवन, नवलपरासी, मकवानपुर, धादिङ, लमजुङ र गोरखासम्म सुन्न सकिने उक्त रेडियोको संचालकमा स्थानीय ५० जना हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.