सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सवारी साधनका चालकहरुको निःशुल्क स्वास्थ्य परीक्षण


  •    न्युजभित्तो/२३ पुष २०७७, बिहीबार १७:०२ 
  • चितवन, २३ पुष । केहीदिन अघि माडी नगरपालिकामा ट्याक्टर दुर्घटना भयो । जहाँ चालकको छातिको करङ भाँचिन पुग्यो र उनको अहिले अस्पतालमा उपचार भई रहेको छ । बसन्तपुरबाट चिरौली जाँदै गरेको ना ७ त ३७८५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा माडी नगरपालिका वडा नम्बर १ का ४२ वर्षिय दयाराम महतो घाईते हुनु भएको हो । दुर्घटना पुस १९ गते भएको थियो ।

    यस्तै केही दिन अघि भरतपुर महानगरपालिकाको गोन्द्राङ्मा म्याजीक दुर्घटना भयो । जसमा मानविय क्षती हुन पाएन । यी दुबै घटनाको कारण थियो चालकको शारिरिक अबस्था । माडीमा भएको दुर्घटनामा चालकमा उच्च रक्तचापको समस्याले भएको हो भने टिकौलीमा भएको दुर्घटना चालकमा छारेरोग भएका कारणले भएको पाईएको छ ।

    यसरी सडकमा सवारी दुर्घटना हुँदा चालक अस्वस्थ रहेको पाईए पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय संगको समन्वयमा मौलाकालिका अस्पताल भरतपुरले आज अस्पताल परिषरमा लामो तथा छोटो दुरीका सवारी साधनका चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । स्वास्थ्य परिक्षणमा आउनु भएका म्याजिक चालक राजकुमार गुरुङ्ग सवारी चालकहरुको नियमित स्वास्थ्य परिक्षण गर्न आबश्यक रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “केही दिन अघि संगै म्याजिक चलाउने साथीको गोन्द्राङ्मा दुर्घटना भयो । आखिर उसलाई छारे रोग रहेछ ।”

    यस्ता दुर्घटनाले चालक मात्र नभएर सवारी यात्रा गरिरहेका यात्रु र सडकमा पैदल यात्रा गरिरहेकाहरु समेत असुरक्षित वनेको सवारी चालकहरुलेनै बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्ट चालकमा हुने दिर्घरोग पनि सडक दुर्घटनाका कारण मध्ये एक रहेको बताउनुहुन्छ । चालकको स्वास्थ्यका कारण १५ प्रतिशत दुर्घटना हुने गरेको उहाँको भनाई छ । नियमित स्वास्थ्य परिक्षण गर्ने र स्वास्थ्य अबस्थ सुधार नभए सम्म सवारि नचलाउन उहाँले चालहरुलाई आग्रह गर्नुभयो ।

    मौलाकालिका अस्पतालका सञ्चालक डा. रमेश घिमिरेले चालकको स्वास्थ्य भनेको यात्रुको सुरक्षा संग प्रत्यक्ष जोडीने भएकाले अस्पतालले यो कार्यक्रम गरेको बताउनुभयो । समुदाय प्रति उत्तरदायी हुने क्रममा समाजमा यस्ता कार्यक्रमहरु मौलाकालिका अस्पतालले बिभिन्न समयमा गर्दै आएकोमा यस वर्ष चालकहरुको स्वास्थ्य परिक्षण गरिएको उहाँको भनाई छ । अस्पतालले आजको क्याम्पमा स्वास्थ्य परिक्षण गर्न आउने चालकहरुका लागि पछि पनि अस्पतालमा २० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ ।

    सो अबसरमा ७५ जना सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको थियो । ती मध्ये अधिकांशलाई मधुमेह र उच्च रक्तचापको समस्या देखिएको घिमिरेले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.