सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लायन्सद्वारा विद्यार्थीलाई स्वीटर, विद्यालयलाई छात्रवृत्ति रकम हस्तान्तरण


  •    न्युजभित्तो/२३ पुष २०७७, बिहीबार १६:३१ 
  • चितवन, २३ पुस । जिल्लामा क्रियाशील २ वटा लायन्स क्लबहरुले आज बिहीबार एक कार्यक्रमका बीच श्री आधारभुत बिद्यालय मोहनपुरमा अध्ययनरत बिद्यार्थीलाई स्वीटर बितरण गरेका छन् । बिभिन्न सामाजिक तथा मानवीय कार्य गर्दै आएका लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि र लायन्स क्लब अफ चितवन चौतारीले बिद्यालयमा अध्ययनरत एक सय जना बिद्यार्थीहरुलाई स्वीटर बितरण गरेका हुन् । रु ५० हजार रुपैया बराबरको स्वीटर बितरण गरिएको कार्यक्रम संयोजक डा शुसिल अधिकारीले जानकारी दिनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष अमृतराज हमाल हुनुहुन्थ्यो । उहाँले न्यून आय अएका अभिभावकका नानी बाबुहरु अध्ययन गर्ने बिद्यनलयलाई छनोट गरी सहयोग गरेकोमा लायनहरुलाई धन्यवाद ब्यक्त गर्दै लायनहरुसँग अरु धेरै कार्यक्रम गर्न आफु ईच्छुक रहेको बताउनुभयो ।

    लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन रामप्रसाद भट्टले स्थानीय सरकारसँग मिलेर आफुहरुले काम गर्ने बताउनुभयो । उहाँले स्थानीयस्तरबाट आवश्यकताको छनोट भएर आएको कामले परिणाम दिने भएकाले यस्ता काम गर्न पाउदा लायनहरुले गौरवको महसुस गर्ने बताउनुभयो ।

    कार्यक्रममा लायन्सका डिष्ट्रिक डिपाटमेन्ट चिफहरु भक्तीप्रसाद चालिसे, भरत अधिकारी, एरिया नं ३ का चिफ एरिया को–अडिनेटर प्रभाकर पण्डित, एरिया नं ३ का एरिया सचिब पूर्णप्रसाद शर्मा, जोन चियर पर्सन बिनोद पन्त, लायन्स क्लब अफ चितवन चौतरीका अध्यक्ष डा गंगा सापकोटाको उपस्थित थियो ।

    त्यस्तैगरी श्री आधारभरत बिद्यालय मोहपुरका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डा कृष्णप्रसाद वली, निवर्तमान अध्यक्ष सुरबिर पोखरेल, पुर्व अध्यक्ष तील कुमारी गौतम, बिद्यालयका प्र अ ईश्वरीप्रसाद दवाडी, शिक्षक अभिभावक संघका अध्यक्ष तुल बहादुर हमाल लगायतको दुबै लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिका अध्यक्ष डा भावना वाग्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।

    आजै लायन्स क्लब आफ नारायणगढ नारायणीले सोही बिद्यालयमा अध्ययन गर्ने ५ जना बिद्यार्थीका छात्रबृति स्वारुप लागि रु २० हजार प्रदान गरेको छ । त्यस्तै लायन रजनी मास्केले आफ्नो जन्मदिनको उपलक्ष्यमा बिद्यालयको अक्षय कोषमा रहनेगरी रु ६ हजार ५ सय रुपैया बिद्यालय ब्यावस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो । आज भन्दा ५२ बर्ष अगाडी स्थापना भएको बिद्यालयले आज बिबिध कार्यक्रम गरी आफ्नो ५३ औं स्थापना दिबस मनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.