सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१६ वर्षपछि खाग तस्कर पक्राउ


  •    न्युजभित्तो/२२ पुष २०७७, बुधबार २०:२६ 
  • चितवन, २२ पुस । चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेर खाग तस्करी गरेका दोषीलाई १६ वर्षपछि पक्राउ गरेको हो । माडी नगरपालिका वडा नं. ५ पिपरियाका ४८ वर्षिय शनिचरा महतो पक्राउ परेका हुन् ।

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पुस १७ गते पक्राउ परेका महतोलाई २१ गते भरतपुर कारागार चलान गरिएको छ । महतोले निकुञ्जको कोर ईलाका भालुटापुमा २०६२ असारमा गैंडा मार्ने कार्यमा प्रत्यक्ष संलग्न थिए । २०६२ असोज १२ गते दायर मुद्दामा ०६४ पुस २० गते फैसला भएको थियो । निजलाई १५ वर्ष कैद र एक वर्ष जरिवाना सुनाईएको थियो । हालसम्म महतो फरार रहँदै आएका थिए । उनले गैंडा मार्नका लागि भारतबाट अत्याधुनिक हतियार खरिद गरी गैंडा मार्ने कार्यमा सहयोग गर्नुसका साथै खाग बिक्रीमा संलग्न भएको पाईएको अधिकारीले न्यूजभित्तोलाई जानकारी दिनुभयो ।

    सोही मुद्दाका अर्का फरार अभियुक्त सूर्जे महतोलाई एक महिना अगाडि पूर्वी चितवनबाट पक्राउ गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.