सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाबुराम भट्टराई भन्नु हुन्छ-केपी ओली इमान्दार तानाशाह हो


  •    न्युजभित्तो/२२ पुष २०७७, बुधबार १५:५६ 
  • काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आरोप लगाएका छन् । नेकपा प्रचण्ड–माधव समूहले बानेश्वरमा गरेको अन्तर पार्टी अन्तरक्रियामा भट्टराईले ओली परिवर्तन विरोधी भएको बताए ।

    ‘जेलबाट निस्किएर आएपछि उहाँ अग्रमणको विरोधी हो । उहाँले लुकाउनु भएको छैन । उहाँ इमान्दार तानाशाह हो,’ भट्टराईले भने । तर, अहिले पनि केपी ओलीलाई पार्टीबाट ननिकालिएकोमा उनले प्रश्न गरे, ‘केपी ओली परिवर्तनको विरोधी मान्छे हो । तपाईंहरु (नेकपाका नेताहरु) ले कसरी बोकेर ल्याउनुभयो, अचम्म लाग्छ ।’

    भट्टराईले ओलीलाई राजनीतिक क्यान्सरको संज्ञा दिए । ‘केपी ओली राजनीतिक क्यान्सर हो । राजनीतिक क्यान्सरले हामी सबैलाई खान्छ’, उनले भने । पार्टीभित्र देखिएको क्यान्सरलाई चाँडो फाल्न आग्रह समेत गरे ।

    पूर्वप्रधानमन्त्री भट्टराईले ओलीलाई तेस्रो आरोप पनि लगाएका छन् । उनले ओलीलाई बाह्य शक्तिको मतियार भएको बताए । ‘नियोजित ढंगले संविधान उल्ट्याएर देशमा अस्थिरता ल्याउने बाह्य शक्तिको केपी ओली मतियार हो’, उनले आफ्नो अभिव्यक्ति गलत सावित भएको देख्न चाहने बताए ।

    तर, बाह्य शक्ति पनि नेपालकै आन्तरिक कमजोरीका कारण निम्तिएको उनको भनाइ थियो । ‘हाम्रै गल्ती र कमजोरीमा विदेशीले खेल्ने हो । मार्क्सवादीहरुले विनाशको कारण आन्तरिक हुन्छ भन्छ । मुख्य कमजोरी तपाईं हाम्रै हो’, भट्टराईले भने ।

    भट्टराईले संसद् विघटन विरुद्ध एकजुट हुनुपर्ने बताए । तर, त्यसका लागि केपी ओलीलाई प्रचण्ड–माधव समूहले कमिटीबाट ननिकालेको आशंका भएको उनले बताए । ‘बीचमै अलपत्र पार्ने त होइन भन्ने काँग्रेस र हामीसँग आशंका छ, चाँडो प्रष्ट हुनुहोस्’, भट्टराईले भने ।

    तर, अहिले राष्ट्रियता र संविधान खतरामा परेकाले संघर्षका लागि जनतासँग आग्रह गरे । ‘हामी सबै मिलेर प्रतिगमनको बाटो विरुद्ध लडौं’ भट्टराईले भने, ‘अदालतसँग आशा गरौं, भरोसा नगरौं । जनतामा विश्वास गरौं, यो संविधान जनताले बनाएको हो ।’ अदालतले न्यायको नौं सिङ्ग प्रयोग गर्न सक्छ, तर हामीले सभामुखलाई भनेर संसद जीवितै राख्ने राजनीतिक सहमति छ, उनले बताए ।

    यो संविधानमा त्रुटि भएपनि प्राप्त उपलब्धी समेत गुम्न नदिन संसद विघटनको निर्णय विरुद्ध संघर्षमा होमिएको भट्टराईले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.