सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विदेशमा सिकेको सीप नेपालमा फक्क्रिएपछि


  •    न्युजभित्तो/२२ पुष २०७७, बुधबार ११:१८ 
  • चितवन, २२ पुस । सीप जान्दैमा सबैलाई सफलता मिल्छ नै भन्ने छैन । उचित ठाउँमा सही तरिकाले सीपको प्रयोग गर्न सकियो भने मात्रै प्रतिफल मिल्छ । यस्तै एक युवाले विदेशमा सीकेको सीप यहाँ पस्केर फक्क्राएका छन् । रामग्राम नगरपालिका वडा नम्बर ५ पश्चिम नवलपरासीका ३२ वर्षिय गुरु पौडेलले विदेशमा सिकेको सीप र अनुभवलाई यहाँ प्रयोग गरेर फलाउन फक्क्राउन सफल भएका छन् ।

    बेलायतमा ६ वर्षसम्म होटल क्षेत्रमा आर्जन गरेको सीप र अनुभवले उहाँले उहाँ होटल तथा रेष्टुरेण्ट क्षेत्रमा सफलता मिलेको हो । मुस्ताङ्गको धौलागिरी टेक्निकल स्कुलमा होटल व्यवस्थापन सम्बन्धी अध्ययन र गोकर्णथली रिसोर्टको प्रयोगात्मक कक्षाले सन् २००९ मा उहाँलाई रोजगारीका लागि बेलायत पु¥यायो । त्यहाँको ६ वर्षको होटल रेष्टुरेण्ट क्षेत्रको जागिरपछि उहाँ स्वदेशमानै केही गर्ने अठोटका साथ फर्कनु भयो ।

    नेपालमा नै केही गर्ने जोस र जाँगर बोकेर फर्किनु भएका पौडेलले भन्नुभयो “फर्कनासाथ मैले पशु पालन गर्ने सोचले गुरु कृषि तथा पशुपालन फर्म खोलेँ । यससँगै होटल व्यवसाय पनि सुरु गरँे ।” रामग्राममा २ कठ्ठा जमिन खरिद गरेर रु २ करोडभन्दा बढीको लगानीमा ‘गुरु ग्रिनरी रेष्टुरेन्ट एण्ड लज’ उहाँले सुरु गर्नुभयो । निरन्तरको मेहनतसँगै उहाँले त्यहाँबाट राम्रो सफलता हात पार्नु भयो । पौडेलले भन्नुभयो “बार्षिक रु २० लाख हाराहारी आम्दानी भएको छ ।” पहिलो होटल राम्रो सञ्चालनमा आएसँगै उहाँले गत साताबाट नारायणी किनार गैंडाकोटमा गुरु ग्रिनरी फुड पार्क सुरु गर्नु भएको छ ।

    गैंडाकोट नगरपालिका वडा नम्बर १ स्थित ब्रिटिसक्याम्प जाने सडक नजिकै नारायणीको भङ्गालोसँग जोडिएको उहाँको होटल फरक शैलीमा निर्माण गरिएको छ । फरक फरक कटेजहरु सँगै बगरमाथी बसेर हरियालीमा रमाउँदै खानका लागि ठाउँ बनाइएको छ । भाडामा जग्गा लिएर रु ४५ लाख लगानी गरी खोलिएको पौडेलको दोस्रो यस होटल अन्य भन्दा पृथक रहेको छ । माटाका भाँडामा खसिको मासु पकाएर फरक स्वादका साथ ग्राहकलाई पस्कने उहाँको भनाई छ । यससँगै स्थानीय जातका कुखुरा र हाँसका विभिन्न परिकारको स्वाद पनि ग्राहकलाई दिदै आउनु भएको छ ।

    श्रीमती सुजता र भाई युवराजसँगै सिंगो परिवार यसै पेशामा जुटेको छ । परिवार बाहेक पनि दुई ठाउँमा १६ जनाले रोजगारी पाएका छन् । उहाँ भन्नुहुन्छ “अब हेटौडामा अर्को होटल खोल्ने योजनामा छु ।” वेरोजगार भएँ भन्नेहरुका लागि मात्र होईन बिदेशमा रहेका नेपालीका लागि पनि उदाहारणीय बन्नुभएका पौडेल निरन्तर मेहनत गर्न सकेमा यहीं धेरै गर्न सकिने बताउनुहुन्छ । यस पेशामा मिठो बोल्ने र इमान्दार हुन सकेमा सफलता मिल्ने उहाँको अनुभव छ । देशै भर व्यवसाय बिस्तार गर्ने उहाँको सोच रहेको छ । पौडेलले भन्नुभयो “एक पटक म कहाँ छिर्ने ग्राहकलाई अर्को पटक आउने म आफै बनाउन सक्छु ।”

    हँसिलो अनुहार र नम्र बोली मात्र होइन मिठो परिकार एवं आतिथ्यता पौडेल सफल हुनुको कारण भएको उहाँका शुभेच्छुकहरु बताउँछन् ।

    नेपालमा रोजगारी छैन भन्ने युवाहरु र विदेशबाट फर्किएर यसै बस्नेहरुका लागि पनि उहाँ उदाहरणीय पात्र हो । उहाँले जस्तै सीप र मिहिनेतको संयोजन गर्न सक्ने हो भने पक्कै पनि सफलता मिल्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.