सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्मचारीका लागि कार्यालय व्यवस्थापन, जिन्सी खरिद र लेखासम्बन्धी तालीम


  •    न्युजभित्तो/२२ पुष २०७७, बुधबार १०:५७ 
  • बनेपा, २२ पुस । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा कार्यरत कर्मचारीका लागि कार्यालय व्यवस्थापन, जिन्सी खरिद र लेखासम्बन्धी तीनदिने तालीम सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिकाले आयोजना गरेको तालीममा नमोबुद्ध नगरपालिकाका ३२ र रोशी गाउँपालिकाका छ गरी ३८ कर्मचारीको सहभागिता थियो ।

    तालीमको समापन कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले कर्मचारीले कार्यान्वयन गर्ने भएकाले जनप्रतिनिधिले तयार पारेका नीतिलाई तालीमले त्यसमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले विगतमा पनि कर्मचारीलाई क्षमता विकासका लागि तालीम प्रदान गरिएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

    नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तालीमले कर्मचारीमा अध्ययनको दायरा बढाउने बताउनुभयो । तालीममा सिकेका कुरालाई व्यवहारमा उतार्न कर्मचारीलाई आग्रह गर्दै उहाँले आगामी दिनमा पनि क्षमता विकासका लागि त्यस्तै तालिम आयोजना गर्ने बताउनुभयो ।

    सहभागीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव नारायण अधिकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बाबुराम ज्ञवाली, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल तथा नमोबुद्ध नगरपालिकाका लेखा अधिकृत रिपुध्वज केसीले प्रशिक्षण दिनुभएको थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.