सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि विश्वविद्यालयको रजिष्टारमा प्रा.डा.थपलिया र सेवा आयोगको अध्यक्षमा प्रा.डा. मिश्र नियुक्त


  •    न्युजभित्तो/२२ पुष २०७७, बुधबार ०८:०० 
  • चितवन, २२ पुस । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्टारमा प्रा डा शारदा थपलिया नियुक्त हुनुभएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीको सिफारिसमा कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा थपलियालाई रजिष्टारमा नियुक्त गर्नुभएको हो ।

    थपलियाले यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति र रजिष्टारको रुपमा काम गरिसक्नु भएको छ । गएको माघ १२ गते प्रा डा मनराज कोलाक्षपतिको पदावधि सकिएपछि विश्वविद्यालयको रजिष्टार पद रिक्त थियो । रजिष्टार नहुँदा विश्वविद्यालयका दैनिक कामकाज प्रभावित बन्दै आएका थिए ।

    यस्तै विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष प्रा डा कल्याणी मिश्र त्रिपाठी नियुक्त नियुक्त हुनुभएको छ । विश्वविद्यालयका सहकुलपति एवम् शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको सिफारिसमा कुलपति केपी शर्मा ओलीले उहाँलाई अध्यक्ष नियुक्त गरिएको हो ।

    तीन सदस्यीय आयोगमा कुलपतिबाट नियुक्त अध्यक्षसहित दुई जना र एक जना लोकसेवा आयोगका पदाधिकारी सदस्य रहने व्यवस्था छ । गएको साउन ५ गतेदेखि विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पद खाली रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.