सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अध्यक्ष माधवकुमार नेपाल भन्नु हुन्छ-आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री घाँडो भयो


  •    न्युजभित्तो/२१ पुष २०७७, मंगलवार १५:३८ 
  • काठमाडौं, २१ पुस । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफूले प्रस्ताव गरेको प्रधानमन्त्री घाँडो पुगेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरिरहेको उनको आरोप छ ।

    जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले बुहमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए ।

    प्रधानमन्त्री ओलीले मलाई पार्टीभित्रबाटै काम गर्न दिइएन, घेराबन्दी गरियो । त्यसैले संसद विघटन गर्न बाध्य भएँ भन्ने तर्क गरेको उल्लेख गर्दै उनले भने, ‘जनताको समस्यालाई बेवास्ता गरेर भ्रष्टाचार मैलाउन काममा भूमिका खेल्दा, लोकतान्त्रिक मूल्यमान्यता कुल्चिएर चल्दा पार्टीभित्रबाट विरोध भएकै हो । उहाँको अराजक, निरंकुश कार्यशैलीको विरोध गरिएकै हो, तर पार्टीभित्र । सुधार्नका लागि गरिएको हो, सच्चिनुहुन्छ कि भनेर गरिएको हो ।’

    तर ओलीले राम्रो संस्कार निर्वाह गर्न नसकेको र सबै त्यसको भुक्तभोगी भएको उनले बताए ।

    प्रधानमन्त्रीले देशभित्र र बाहिर के प्रभाव पर्छ भन्ने विचार नगरी बोल्दा आफूहरुलाई पोल्ने र टाउको उठाएर ताली बजाउने होइन, शिर निहुर्याएर झोक्रिने अवस्था आएको उनले सुनाए । नेता नेपालले अघि भने, ‘किनभने हामीले नै बोकेर ल्याएको नेता, मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अब घाँडो हुन पुगेको थियो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.