सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल–भारत सीमामा अवैध रुख कटान गर्दा भारतीय सुरक्षाकर्मीद्वारा नेपालीमाथि गोली प्रहार


  •    न्युजभित्तो/२१ पुष २०७७, मंगलवार १५:१५ 
  • कञ्चनपुर, २१ पुस । कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा सोमबार बेलुकी अवैध रुख कटानको प्रयास गर्दा नेपाली नागरिकमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले गरेको छानविनका क्रममा रुख कटानका लागि गएका वेला भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेको पाइएको हो ।

    कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार भारतीय पक्षले गोली चलाउँदा छर्रा लागेर दोधारा चाँदनी नगरपालिका–१, बलयलबन्द स्याउले टोलका १६ वर्षीय नरेश सुनार घाइते भएका छन् ।

    ‘घटनास्थलमा एउटा रुख काट्दै गरेको पनि देखिएको छ, फलामको आरा पनि त्यहीँ छ’, थापाले भनेका छन्, ‘त्यसैले भारतीय पक्षको दाबी बलियो देखिएको छ ।’

    घाइते सुनारलाई गएराति नै प्रहरीले महाकाली अस्पताल भर्ना गरेको छ । सुनारले भने बजारबाट सामान किनेर फर्कँदै गरेको अवस्थामा आफूमाथि गोली प्रहार भएको दाबी गरेका छन् ।

    काठ तस्करीमा घाइते सुनार बाहेक अन्य दुई जनामा संलग्न नदेखिएको प्रहरीले जनाएको छ । मंगलबार मंगलबार बिहान सम्पर्कमा आएका सोही ठाउँमा बब्लु चन्दको बयानका आधारमा पनि उनीहरू रुख फडानी गर्न गएको बुझिएको थापाले बताए ।

    घटनास्थलको अनुगमनमा गएको टोलीले पनि वन फडानी भइरहेको जानकारी पाएको थियो । ‘यहाँ धेरै रुख काटिएका छन्’, दोधारा चाँदनी नगरपालिका मेयर वीरबहादुर सुनारले भने, ‘हामी पुगेर हेर्दा बन फडानी रोक्दा उनी घाइते भएको देखिन्छ ।’रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.