सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेवाबाट अवकाश पाउँदै गर्दा बेदबहादुर खड्काले गर्नुभयो गोही संरक्षणको १८ वर्षको अनुभव हस्तान्तरण


  •    न्युजभित्तो/२१ पुष २०७७, मंगलवार १०:४६ 
  • चितवन, २१ पुस । चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लाग्नु भएका सहयक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गर्नुभएको छ । सेवाबाट अवकाश हुनै लाग्दा उहाँले प्राप्त गर्नुभएका अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गर्नुभएको हो ।

    १८ वर्षसम्म रात–दिन, झरी–बादल केही नभनी संरक्षणमा जुट्नु भएका खड्काले घडियाल गोही संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गर्नुभएको छ । निकुञ्जको गोही प्रजनन् केन्द्रमा मात्रै होइन, उहाँले नारायणी र राप्ती नदीमा रहेका गोहीको संरक्षणका लागि पनि त्यतिकै ठूलो परिश्रम गर्नुभएको छ । त्यही अनुभवलाई तीन दिने तालिमको आयोजना गरेर उहाँले निकुञ्जका कर्मचारीलाई आफ्नो अनुभव प्रदान गर्नुभयो । यससँगै आज उहाँ अनिवार्य अवकाशबाट विदा हुनुहुनेछ ।

    गोेहीको पालन पोेषणा, नियन्त्रण, नदीमा छोेड्ने बिधि लगायतका बिषयमा निकुञ्जका कर्मचारीलाई तालिम दिईएको हो । उनीहरुलाई खड्काले प्रशिक्षण दिनु भएको छ । खड्का निकुञ्जबाट बिदा भएसँगै त्यहाँका कर्मचारीलाई गोही संरक्षण गर्न सहज होस् भन्ने उद्देश्यले तालिम दिईएकोे हो । सो क्रममा घडीयाल गोहीलाई नदीमा छोड्नु अघि नियन्त्रणमा लिने तरिका, गोहीको नापजााँच, चिन्हसँगै छोड्ने बिधि प्रत्यक्ष्य रुपमा सिकाइएको थियो । खड्काका अनुसार तालिममा गोही प्रजनन् केन्द्रका ११ वटा गोही नियन्त्रणमा लिएर राप्ती नदीमा छोडिएको छ ।

    सहभागीहरुलाई गोही नियन्त्रणमा लिएर नदीमा छोड्नेसम्मका बिधि सिकाइएको थियो । यसैगरि राप्ती नदीका दुई वटा गोही नियन्त्रणमा लिएर छाडिएको थियो । यस क्रममा जाल अड्कीएका र उपचार गर्नुपर्ने गोहीलाई कसरी नियन्त्रणमा लिने भन्ने बिधि सिकाइएकको थियो । कसरामा रहेकोे गोही प्रजनन् केन्द्रमा हुर्र्काएका गोहीलाई नदीमा छाडिदैं आएको छ । हालसम्म सो प्रजनन् केन्द्रमा हुर्काएका १ हजार ५ सय ८० गोही बिभिन्न नदीहरुमा छोडी सकिएको छ । तालिममा १७ जना गेम स्काउट सहभागी भएका थिए ।

    प्रजनन् केन्द्रमा गोहीले पारेका अण्डा र नदीहरुमा संकलन भएका अण्डालाई प्रजनन् केन्द्रमा राखेर बच्चा कोरलेसँगै ती बच्चा हुर्काएर नदीमा छाडिदैं आएकोे छ । खड्काका अनुसार हाल प्रजनन् केन्द्रमा ५ सय ८७ वटा गोही रहेका छन् । यस वर्ष मात्र ६५ वटा गोही नदीमा छोडिसकिएको छ ।

    सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।
    –––

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.