सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टीलाई विजातीय तत्वहरुबाट पन्छाईरहेका छौं : गृहमन्त्री थापा (भिडियोसहित)


  •    न्युजभित्तो/२० पुष २०७७, सोमबार १७:४३ 
  • चितवन, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले पार्टीलाई विजातीय तत्वहरुबाट पन्छाईएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आज सोमबार भरतपुरमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले यसले पार्टीलाई सुदृढ र ठूलो शुद्धिकरण गर्ने बताउनु भएको हो ।

    उपयुक्त नीति, कार्यक्रम र नेतृत्वले नै समाजवादसम्म पु¥याउन सक्ने बताउँदै उहाँले भन्नुभयो “अहिले देश समाजवाद उन्मुख रहेको छ ।” पार्टी अध्यक्षतालाई पार्टीबाट हटाउने, कारवाही गर्ने, पदत्याग गर्न लगाउने भनेको पार्टी फुटाउनु सरह भएको भन्दै उहाँले भन्नुभयो “हामी फुटको विरोधमा र एकताको पक्षमा भेला भएका छौं ।” सही नेतृत्वको रक्षा गर्नका लागि र गलत नेतृत्वको भण्डाफोर गर्न आवश्यक रहेकोमा उहाँको जोड थियो । उहाँले भन्नुभयो “एकथरी कमरेडहरुले अध्यक्षलाई कारवाही गरेर पार्टी निर्माण होइन, गुट निर्माण गर्न लाग्नुभयो । हामीले गुटको विरोध ग¥यो । हामी पार्टी निर्माणको अभियानमा छौं ।”

    उहाँले प्रचण्ड–नेपाल समूहतर्फ ईंगित गर्दै भन्नुभयो “उहाँहरुले पनि भेला गर्नुभएको छ, त्यो गुटको भेला हो । त्यो पार्टीको भेला होइन, हामीले त्यसको समर्थन गर्न सक्दैनौं ।” नेतृत्व भनेको विचार, नीतिको अभिव्यक्ति भएको बताउँदै उहाँले भन्नुभयो “विचारहरु नेतृत्वमार्फत् अभिव्यक्त हुन्छन् । अध्यक्षलाई कारवाही गर्ने भनेको पार्टीका नीति र कार्यक्रमलाई पनि विरोध गर्नु हो ।”

    निर्वाचन जनतामा जाने अवसर भएको बताउँदै गृहमन्त्री थापाले भन्नुभयो “पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्न चाहनु भएको हो भने आउनुहोस् चुनावमा र प्रधानमन्त्री बन्नुहोस् ।” प्रधानमन्त्री बन्ने प्रचण्डको माग पूरा गरिदिएको बताउँदै उहाँले भन्नुभयो “पुरानो संसदले प्रधानमन्त्री बनाउन सक्दैन, नयाँ संसदले मात्रै प्रधानमन्त्री बनाउन सक्छ । मध्यावधी निर्वाचनमा आउनुहोस् । निमन्त्रण दिएका छौं ।”

    सही विचार, कार्यक्रम लिएर जनतासमक्ष जानु भयो भने पार्टी पनि मिल्न सक्ने भन्दै उहाँले प्रचण्डलाई भन्नुभयो “गुट चलाएर होइन, पार्टी चलाउनुहोस् ।” उहाँले अगाडि भन्नुभयो “प्रधानमन्त्री बन्न जनताकोमा र पार्टी अध्यक्ष बन्न कार्यकर्ताकहाँ जानुपर्छ ।” जसको नीति र नेतृत्व राम्रो छ जनताले उसैलाई प्रधानमन्त्री बनाउने भन्दै मन्त्री थापाले भन्नुभयो “जनताकहाँ गएर नयाँ निर्वाचनमार्फत् प्रधानमन्त्री बन्ने मौका दिएका छौं ।”

    कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोकतन्त्रमा जनताको माझमा जाने काम तानाशाही नहुने बताउनुभयो । प्रधानमन्त्री केपी ओलीलाई सुशासन विरोधी भन्न नमिल्ने बताउँदै उहाँले प्रश्न गर्नुभयो “जसले देशलाई जातीय रुपमा विभाजन गर्न हुँदैन भन्यो, भारतीय नाकाबन्दीको सामना गर्दै विकास निर्माणका नयाँ योजना लिएर अगाडि बढ्यो त्यो मानिस कसरी सुशासन विरोधी हुन्छ ?” देशमा दण्डहिनता नियन्त्रण गर्दै सामाजिक विकास र पूर्वाधार निर्माणमा आफूलाई समर्पण गर्ने नेता कहिल्यै सुशासन विरोधी हुन नसक्ने उहाँको भनाई थियो ।

    सोही अवसरमा नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारी, आनन्द पोखरेल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार सीता पौडेल, प्रदेश सभा सदस्य कृष्णप्रसाद भूर्तेल, नारायण अधिकारीलगायतले प्रधानमन्त्री केपी ओलीको कदमको स्वागत गर्दै निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियो ।

    नेकपा केन्द्रीय सदस्य तथा जिल्ला सचिवालय सदस्य पार्वती रावलको अध्यक्षतामा भएको कार्यक्रम महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको थियो । भेलामा ठूलो संख्यामा जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । आयोजकको अपेक्षा भन्दा धेरै सहभागी भएपछि कार्यक्रम हलमा नअटेर बाहिर पनि ठूलो संख्यामा कार्यकर्ताहरु भेला भएर नेताहरुको सम्बोधन सुनिरहेको देखिन्थ्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.