सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ग्राण्डी अस्पतालद्वारा आठ वर्षमा आठ लाख बिरामीको सेवा


  •    न्युजभित्तो/२० पुष २०७७, सोमबार १६:४७ 
  • काठमाडौँ, २० पुस । काठमाडौँको टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आठ वर्षमा सात लाख ८५ हजार बिरामीलाई सेवा प्रदान गरेको छ । निजी क्षेत्रको लगानीमा विसं २०६९ पुस १९ मा स्थापना भएको उक्त अस्पतालले विभिन्न २६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा गरेको हो ।

    स्थापनाकालदेखि हालसम्म ग्राण्डी अस्पतालले ३१ हजार ९०० बिरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको अस्पतालका सहनिर्देशक डा विनोद बिजुक्छेले जानकारी दिनुभयो । सो अस्पतालले कोभिड सङ्क्रमणको समयमा ६० हजार बिरामीको उपचार गरेको छ भने एक हजार १८२ बिरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ ।

    अस्पतालको आठौँ वार्षिकोत्सवका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले सबैको साथ, सहयोग र समर्थनका कारण ग्राण्डी अस्पतालले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मारेको बताउनुभयो ।

    “नाफा कमाउनभन्दा सेवा प्रदान गर्ने उद्देश्यका साथ हामीले अस्पताल सञ्चालन गरेका हौँ, सामूहिकरूपमा काम गरेमा हामी सफल हुन्छौँ, ग्राण्डीलाई सफल बनाउने जिम्मा अस्पतालका डाक्टर, नर्स र कर्मचारीको हो”, उहाँले भन्नुभयो । मुलुकमा राम्रो स्वास्थ्य सेवा केन्द्र नभएको अवस्थामा विदेश तथा नेपालमा पढेका डाक्टरलाई यहीँ रोजगारी दिऔँ र उपचारका लागि कोही पनि नेपाली विदेशीन नपरोस् भन्ने उद्देश्यले ग्राण्डी अस्पताल स्थापना गरिएको अध्यक्ष कुँवरको भनाइ छ ।

    अस्पताल सञ्चालक समितिका सदस्य वीरेन्द्रबहादुर श्रेष्ठ, विजयराज भण्डारी, अस्पतालका सल्लाहकार राजन शर्मालगायतले उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालले कन्जुस्याईं गर्न नहुनेमा जोड दिनुभयो । बिरामीको खुशी नै अस्पतालको खुशी भएकाले बिरामीलाई खुशी बनाउने गरी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने उहाँहरुको भनाइ थियो ।

    अस्पतालका नर्सिङ प्रमुख एनडी महर्जनले ग्राण्डी अस्पतालले नर्सलाई विशिष्टीकृत तालीम प्रदान गरेर काममा लगाउँदै आएको उल्लेख गर्नुभयो । ‘केयर टु क्योर’ भन्ने मूल नाराका साथ सन् २०१० जनवरी ३ मा स्थापना भएको ग्राण्डी अस्पतालले हाल एक हजार व्यक्तिलाई प्रत्क्षय तथा अप्रत्क्षयरूपमा रोजगारी प्रदान गर्दै आएको छ । उक्त अस्पतालले २०० शय्यामार्फत बिरामीको उपचार गर्दै आएको छ ।

    ग्राण्डी अस्पतालले कोभिड–१९ का बिरामीको उपचारका लागि सरकारको निर्देशन पालना गर्दै १८ शय्याको सघन उपचार कक्षसहित ५४ शय्या छुट्याएर कोरोना बिरामीको उपचार गरिरहेको अस्पतालका महाप्रबन्धक विकासमान सिंहले जानकारी दिनुभयो । अस्पतालको आठौँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.