सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओली बाहाना बनाएर पार्टी बैठकमा सहभागी नहुँदा अहिलेको अवस्था : भट्टराई


  •    न्युजभित्तो/२० पुष २०७७, सोमबार १५:५१ 
  • चितवन,२० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओली अनेक बाहाना बनाएर पार्टी बैठकमा सहभागी नहुँदा अहिलेको अवस्था सृजना भएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड नेपाल समुहले आज (सोमबार) चितवनको भरतपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले यस्तो आरोप लगाएका हुन् ।

    उनले पार्टीको बैठकमा सहभागी नहुने ओली गुटको बैठकमा भने सक्रिय हुने गरेको आरोप समेत लगाएका छन् । “बैठक छ भनेपछि उहाँ आज म बिरामी छु भनेर सिरक ओढेर सुत्नु हुन्छ, उहाँको स्वास्थ्य कारण बैठक स्थगित गरेर बालुवाटारबाट हिड्छौ हामी अनी ५ मिनेटपछि गुटको बैठक गर्नुहुन्छ उनले भने, पार्टीको बैठकमा बिरामी हुने उहाँ गुटको बैठकमा एकदम सक्रिय हुनुहुन्छ।”

    यस्तै उनले संसदीय दल, पार्टी स्थायी कमिटी र पार्टी केन्द्रीय कमिटीमा सल्लाह नै नगरी ओलीले संसद विघटनको प्रस्ताव ल्याएको आरोप पनि लगाएका छन् । “२०५१ सालमा संसदमा निती कार्यक्रम असफल भएपछि गिरिजाप्रसाद कोइरालाले संसदीय दलको बैठक बोलाएर म संसद बिघट्न गर्छु भनेर बिघटन गर्नुभयो उनले भने, आज केपी ओलीका लागि त्यस्तो भयो तरु उहाँ निती कार्यक्रम फेल भयो त रु संसदीय दलमा सोध्नु भयो, पार्टी स्थायी कमिटीमा सोध्नु भयो र पार्टी केन्द्रीय कमिटीमा सोध्नु भयो र कही सोध्नुभएन ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.