व्यवस्था र संविधानको चीरहरण भयो:नेता रामकुमारी झांँक्री
न्युजभित्तो/२० पुष २०७७, सोमबार १५:४३
चितवन,२० पुस । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समुहकी नेता रामकुमारी झांँक्रीले व्यवस्था र संविधानको चीरहरण भएको बताएकी छिन । हाल कम्युनिष्ट पार्टी सडकमा आएको बताउंँदै झांँक्रीले राजनीतिक र प्रणालीको लागि सडकमा आउन बाध्यता रहेको बताईन । आज भरतपुरमा आयोजित प्रचण्ड नेपाल समुहको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।
‘यहांँसम्म आउन सयौं शहीदहरु भए अंगभंग भएर ल्याएको संविधान र व्यवस्थाको चीरहरण भएको भन्दै झाँक्रीले प्रश्न गरिन । ‘यो व्यवस्थाको चीरहरण भएको त होइनरु संविधानको चीरहरण भएको होइन र चार पुस्ता यही व्यवस्थाको लागि लडेको बताउंँदै उनले समाजतर्फ उन्मुख हुदै जांँदा दुईतिहाई जितेको सरकारले धावा बोलेको बताईन ।
प्रधानमन्त्रीको अभिव्यक्ति गैह्रराजनीतिक र ग्रैहस्तरका अभिव्यक्ति दिएर हालसम्मकै अयोग्य भएको प्रधानमन्त्री भएको उनको भनाई थियो । प्रधानमन्त्री हुंँदै गर्दा हरेक कुरा पवित्र भएपनि हाल आएर प्रधानमन्त्रीले प्रचण्डलाई तल्लो स्तरको अभिव्यक्ति दिदै आईरहनु थप शंकास्पद भएको उनको आशय भयो ।
केपी ओलीले झुटको खेती गरेको भन्दै धर्तीफाटेपनि केपी ओलीले उनको विरुद्धमा लाग्ने लाई पुर्वाग्रही ढंगले लिएको उनले बताइन । हालसम्म प्रधानमन्त्रीले बोलेका विकासका योजना सबै हावादारीमा बोलेको तर्क गरिन । केपी ओलीले विचौलियाबाट पैसा उठाएर पार्टी विभाजनमा पहिल्यैदेखि योजनामा लागेको उनको भनाई थियो ।
पार्टी एकतालाई स्खलित गरेर विभाजन गरेको भन्दै उनले मदनभण्डारी फाउण्डेसनको नाममा करौडौ रकम हिनामिना गरेको समेत बताईन । उनले केपी ओलीले म्यादी केन्द्रीय सदस्य बनाएको भन्दै व्यंग गरिन ।
संसद विघटन संवैधानिक प्रश्न भएको उल्लेख गर्दै भनिन ‘संसद विघटन संवैधानिक प्रश्न कानुनी प्रश्न होइन । यसलाई अदालतले फैसला गर्न कुनै हालतमा मिल्दैन ।’संविधान विघटन गर्ने अधिकार सर्वोच्च नभएको उनको भनाई थियो । ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार छैन, उनले भनिन, राजालाई त हामीले छिनोफानो गर्यौ अब यसको हिसाकिताव ससद पुर्नस्थापन भएपछि हुन्छ ।’ उनले केपी ओलीको ‘कु’ को विरुद्ध चितवनबासीलाई सडकमा आउन समेत आग्रह गरिन ।