सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीन वर्ष अघि बनबाट निकालिएका काठको काठ बिक्री रोकियो


  •    न्युजभित्तो/२० पुष २०७७, सोमबार १४:४४ 
  • कानेपोखरी(मोरङ), २० पुस । उपभोक्तालाई वितरण गर्न भनेर तीन वर्ष अघि बनबाट निकालिएका काठ घाटगद्दीमै कुहिन थालेपछि मोरङको कानेपोखरी ७ स्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह सङ्कटमा परेको छ ।

    आर्थिक वर्ष ०७४÷०७५ मा कटान स्वीकृति लिएर निकालिएको काठ सामुदायिक वनले अझै बिक्री,वितरण गर्न पाएको छैन् । वनले सो वर्ष झण्डै ३० हजार किवी काठ कटान गरेको थियो । उपभोक्ताको माग र दवाव खेप्न नसकेपछि गतवर्ष डिभिजन बन कार्यालयले ३० हजार मध्ये १० हजार किवी काठ बिक्री गर्ने आदेश दिएको थियो । तर, उक्त बिक्रीको विवरण डिभिजन कार्यालयमा नपठाएको , हिसाव पारदर्सी नभएको भन्दै जिल्ला बनले समेत थप काठ बिक्री गर्न आदेश नदिएपछि सामुदायिक वन र आबद्ध उपभोक्ता सङ्कटमा परेका हुन् ।

    डिभिजन बन कार्यालय मोरङका सूचना अधिकृत रामलखन ठाकुरले भन्नुभयो – अख्तियारले छानबिन गरिरहेकोले छानबिन टुङ्गो नलागेसम्म हामीले केही गर्न सक्दैनौं । गतवर्ष बिक्री भएको विवरण अझै सम्म कार्यालयमा आएको छैन् । थप काठ बिक्रीका लागि अनुमति लिन वन उपभोक्ता समिति आएको छैन् । यो अप्ठ्यारो रहँदा रहँदै सङ्घीय सरकारले गत जेठ १५ गते मन्त्रीपरिषदको निर्णयबाट सम्पूर्ण बन पैदावार जहाँ जुन अवस्थामा छन्, सोही अवस्थामा राख्न निर्देशनात्मक आदेश दियो । सरकारको आदेशले सबै सामुदायिक वनहरूले आफ्नो घाटगद्दीमा काठ धन्क्याएर राखेका छन् ।

    सामुदायिक वन महासङ्घले लगत्तै आन्दोलन थाल्यो । जेठ २२ गते बिज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनको चेतावनी दिएपछि सरकारले सखुवा बाहेका कुकाठ बिक्री गर्ने बाटो खोलिदियो । यद्यपि राम्रो मूल्यमा बिक्री हुने सखुवाको काठ बिक्री गर्न नपाएका सामुदायिक वनहरू यति बेला कर्मचारीलाई तलबसम्म दिन नसक्ने अवस्थामा पुगेका छन् । सरकारले सामुदायिक वन भित्रको आर्थिक पारदर्शिता,वैज्ञानिक वन र सामुदायिक वनबीचको विवाद र सुशासन समेत हेर्ने गरी तीन वटा छानबिन समिति गठन गरेको थियो । तीन वटै समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेका छन् ।

    प्रदीप यादव संयोजक रहेको सार्वजनिक लेखा समिति,प्रधानमन्त्री कार्यालयबाट डाक्टर नेत्र तिम्सिनाको अध्यक्षतामा गठित उच् स्तरीयले छानबिन समिति र संसदको कृषि,सहकारी र प्राकृतिक स्रोत समितिले सखुवाको जङ्गल भएका सबै जिल्लाको अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ ।

    कृषि,सहकारी र प्राकृतिक स्रोत समितिले भदौको अन्तिम साता ३६ बुँदे प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । डिभिजन बन अधिकृतहरूलाई आफै छप्पन लगाउने र बिक्री गर्ने अधिकार दिँदा समस्या भएको लगायतका सुझावहरू प्रतिवेदन ले दिएको स्रोतको भनाई छ ।
    उता उच्चस्तरीय समितिले समेत असोज ११ गते सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । सामुदायिक बन महासङ्घ प्रदेश नं.१ का सचिव अग्नि पौडेलले भन्नुभयो – बन पैदावार रोक्नु भनेको खोला रोक्नु जस्तै हो । निरन्तर चलिरहनुपर्ने प्राकृतिक स्रोत रोक्दा उपभोक्ता मारमा परेको हामीले बुझेका छौं ।

    सरकारले तीन वटै प्रतिवेदन अध्ययन गरेर उपभोक्तालाई बिक्रीको आदेश दिन्छ भन्ने हाम्रो बुझाइ हो । उहाँले हालसम्म भएका सबै प्रगति महासङ्घको आन्दोलनबाटै प्राप्त भएको बताउनुभयो ।

    बन उपभोक्ता समितिका अध्यक्ष नवीन राई क्षेत्र नं. ३ ले आन्तरिक समस्या भन्दा पनि राज्यले गठन गरेका छानबिन समितिले दिएको सुझाव नआएकोले काठ वितरण रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो –३ वर्ष अघि निकालेका काठ घाटगद्दी मै कुहिन लागिसक्यो । मान्छे मर्दा जलाउन दिने दाउरा छैन् । कर्मचारीलाई तलब नदिएको महिनौं भइसक्यो । विभिन्न संघ संस्था र ब्यक्तिबाट लिएको ऋणको ब्याज बढेको बढ्यै छ । बनसँग झण्डै एक करोड मूल्यका काठ घाट गद्दीमा छन् ।जुन काठको गुण्स्तर घामपानीले गर्दा खस्किदै गएको छ । काठ बिक्री वितरण रोकिँदा वनमा १३ जना कर्मचारी , ब्यवस्थापन गर्ने विषय चुनौतीपूर्ण हुँदे गएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.