सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्रीद्वारा थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी


  •    न्युजभित्तो/२० पुष २०७७, सोमबार १२:१० 
  • भरतपुर,२० पुस । गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । कोभिड–१९ सङ्क्रमणसंँगै निमोनियाका कारण बिरामी पर्नुभएका थपलियाको अवस्था बुझ्न गृहमन्त्री थापा चितवन मेडिकल कलेज पुग्नुभएको हो ।

    भेटमा गृहमन्त्री थापाले थपलियाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै केहीबेर कुराकानी गर्नुभएको थियो । उहाँले थपलियाको उपचारमा संलग्न चिकित्सकसँग पनि उहाँको पछिल्ला स्वास्थ्यवस्थाबारे जानकारी लिनुभयो ।

    कोरोना सङ्क्रमण भएको एक हप्तापछि रिपोर्ट नेगेटिभ आए पनि थपलिया एक महिनादेखि अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको छातीमा अझै समस्या देखिएकाले अस्पतालमै राखेर उपचार गरिएको छ । गृहमन्त्री थापा आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा) चितवनले भरतपुरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न यहाँ आउनुभएको हो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.