सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रंगशाला निर्माणका लागि अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई दियो २५ लाख


  •    न्युजभित्तो/१९ पुष २०७७, आईतवार १७:३६ 
  • चितवन, १९ पुस । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ ।  रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गर्नुभएको हो।  रंगशाला निमार्णमा सहयोग पुग्ने हिसावले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताउनुभयो।

    धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम कट्टेल धुर्मुसले थालेको एकल अभियानमा आफूहरु सहयोगी हातका रुपमा उभिन पाउँदा खुसी लागेको थापाको भनाइ थियो। यसअघि पनि सिताराम कट्टेल धुर्मुसले सामाजिक काममा सफलता पाइसक्नु भएको छ, थापाले थप्नुभयो, रंगशाला बनाउने अभियान बढिरहेकाले काठमाडौंबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुँ ।

    त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ।  रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तुप रहनेछ । रंगशालासँगै अभ्यासका लागि छुट्टै अभ्यास मैदान समेत हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.