सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ऐतिहासिक लिगलिगकोटको संरक्षण गर्न माग


  •    न्युजभित्तो/१९ पुष २०७७, आईतवार १५:४२ 
  • गोरखा, १९ पुस । नेपाल पत्रकार महासङ्घ गोरखाको १०औँ साधारणसभाले ऐतिहासिक लिगलिगकोटको जीर्णोद्धार र संरक्षणमा जोड दिन माग गरेको छ ।

    महासङ्घको शुक्रबार र शनिबार पालुङटार नगरपालिका–२ आँपपीपलमा पर्ने लिगलिगकोट दरबार परिसरमा भएको साधारणसभाले ७ बुँदे लिगलिगकोट घोषणापत्र जारी समेत गरेको थियो । भग्नावशेष अवस्थामा रहेको नेपालको ऐतिहासिक लिगलिगकोट दरबारको संरक्षण जीणोद्धार र प्रचारप्रसारमा जोड दिन आग्रह गरेको महासङ्घका गोरखाका अध्यक्ष किशोरजंग थापाले जानकारी दिनुभयो ।

    उहाँले महासङ्घले जारी गरेको घोषणापत्रमा नेपाल एकीकरणको उद्गमस्थल लिगलिगकोट दरबार क्षेत्रको संरक्षण, जीर्णोद्धार, प्रचारप्रसारका साथै पुरातात्विक महत्व बोकेको यस क्षेत्रको समग्र विकासका लागि ध्यान पु¥याउन पुरातत्व विभागलगायत सम्बन्धित निकायलाई आग्रह गरेको जानकारी दिनुभयो । त्यस्तै लामो समयदेखि बन्द रहेको गोरखाको एक मात्र विमानस्थल पालुङटार विमानस्थल पुनःसञ्चालन र मध्यपहाडी लोकमार्ग द्रुत गतिमा निर्माण सम्पन्न गर्नसमेत महासङ्घले माग गरेको छ ।

    पत्रकारको क्षमता अभिवृद्धि तथा वृत्तिविकासका कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तह तथा अन्य सङ्घसंस्थासँग सहकार्य तथा सहयोगका लागि आग्रह समेत गरिएको छ । साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार आवाज विहीनको आवाज भएकाले सधैँ जनताका पक्षामा कलम चलाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    उहाँले नेपाल एकीकरणको उद्गम थलो लिगलिगकोट दरबार भग्नावशेष अवस्था रहेको भन्दै नेपाल एकीकरणको इतिहासलाई जोगाइराख्न पनि लिगलिगकोटको संरक्षण आवश्यक रहेको बताउनुभयो । “लिगलिगकोटको जीर्णोद्धार र संरक्षणका लागि पत्रकारले पनि कलम चलाउनुपर्ने आबश्यकता छ”, उहाँले भन्नुभयो, “लामो इतिहास बोकेको दरबार जीर्ण छ, संरक्षण र जीर्णोद्धारका लागि पहल गरिएन भने इतिहास भेटिन पनि सक्छ ।”

    अध्यक्ष आचार्यले नेपाल पत्रकार महासङ्घ नेपालको सबैभन्दा पहिलो नागरिक अगुवाको संस्था रहेको भन्दै उहाँले महासङ्घले पत्रकारको हकहित अधिकार, मिडियाको हित, राष्ट्रिय स्वाभिमान र राष्ट्रको हित, लोकतन्त्र पक्षमा वकालत र नागरिक हितका पक्षमा प्रतिबद्ध भएर लाग्दै आएको बताउनुभयो । महासङ्घ गोरखाले जिल्लाभित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि महासङ्घको हरेक कार्यक्रमलाई रचनात्मक ढङ्गले विकास र समृद्धिसँग जोड्दै आएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.