सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना


  •    न्युजभित्तो/१९ पुष २०७७, आईतवार १४:२२ 
  • सङ्खुवासभा, १९ पुस । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चिचिला गाउँपालिकाको आहलेमा जनताको स्वास्थ्य सेवालाई लक्षित गरी आधारभूत सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना गरिएको छ । गाउँपालिकाको आहालेमा हालै आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले एकाइ कार्यालयको स्थापना गर्दै सेवा सञ्चालन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

    चिचिला गाउँपालिकाको गाउँसभाबाट पारित भएको कार्ययोजनाअनुसार गाउँपालिका–२ को आहालेमा स्वास्थ्य एकाइको स्थापना गरिएको हो । स्वास्थ्य एकाइ सञ्चालनका लागि भवनको निर्माण भई नसकेकाले स्थानीयवासी रिञ्जी शेर्पाको घर निःशुल्क लिएर अस्थायीरुपमा कार्यालय स्थापना गरिएको छ । स्थानीय शेर्पाले स्वास्थ्य एकाइको आफ्नै भवन निर्माण नभएसम्मका लागि दुई कोठा निःशुल्क उपलब्ध गराउनुभएको हो ।

    आहाले गाउँका नागरिक यसअघि उपचारका लागि घण्टाँै धाएर चिचिला स्वास्थ्य चौकी वा सदरमुकाम खाँदबारी जानुपर्ने बाध्यतालाई चिर्दै अन्ततः गाउँमै स्थास्थ्य संस्था स्थापना भएपछि त्यहाँका स्थानीयवासीले स्वास्थ्य सेवाको पहुँचमा पुग्न सफल भएका छन् । यस एकाइबाट सेवा दिनका लागि एक जना अहेबको समेत व्यवस्था गरिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

    आधारभूत स्वास्थ्य एकाइ कार्यालय उद्घाटनका अवसरमा स्थानीय कुमार गुरुङ, पेमा रिञ्जी शेर्पा र रिञ्जी शेर्पासहित स्थानीय गाउँवासीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष यदुकुमारी राईले समेत यो स्वास्थ्य कार्यालय स्थापना भएपछि प्राथमिक स्वास्थ्य उपचारका लागि सेवाग्राहीले उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको बताउनुभयो । कार्यक्रमलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले सहजीकरण गर्नुभएको थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.