सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युनियनको वनभोजमा पेशागत सुरक्षाको चिन्ता


  •    न्युजभित्तो/१८ पुष २०७७, शनिबार १८:१२ 
  • चितवन, १८ पुस । नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको वनभोज तथा अन्तक्र्रिया कार्यक्रममा पत्रकारहरुले पेशागत सुरक्षामाथि चिन्ता प्रकट गरेका छन् । कार्यक्रममा बोल्दै चितवनका पत्रकारले कोरोनाका कारण विस्थापित बनेका पत्रकारहरुलाई पुनर्बहाली गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सञ्चार।कर्मीलार्इ उचित पारिश्रमिक दिलाउनुपर्ने बताउनुभयो । उहाँले पत्रकारले नागरिकको अधिकारबारे बोल्ने भएकाले पत्रकारको पेशागत सुरक्षा गरिनुपर्ने बताउनुभयो ।

    शाखाका निवर्तमान अध्यक्ष तथा पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायणप्रसाद अधिकारीले श्रमजीवी पत्रकारको पेशागत हकहितका लागि सक्रिय भएर लाग्ने बताउनुभयो । उहाँले रोजगारविहिन बनेका दक्ष पत्रकारलाई उचित रोजगारीको वातावरण बनाउने दावी गर्नुभयो ।

    शाखा अध्यक्ष अनिल ढकालले पत्रकारलार्इ सक्षम र दक्ष बनाउने कार्ययोजना बनाइने बताउनुभयो । उहाँले पत्रकारलाई कमजोर बनाउने नदिइने बताउनुभयो । शाखाका सल्लाहकार पूर्ण शर्माले पत्रकारको संख्या कटौती हुन पुग्नु दुखद् भएको बताउनुभयो । उहाँले मिडिया हाउस सन्चालकसँग पहल गरेर पत्रकारको पेशागत सुरक्षा गरिनुपर्ने बताउनुभयो ।

    पत्रकार विप्लव काफ्लेले कोभिडको बहानामा विस्थापित बनाइएका पत्रकारको पुनर्बहाली गर्न शसक्त भूमिकाको खाँचो रहेको बताउनुभयो । पत्रकार रमेश पौडेलले सन्चारगृहले विना कारण पत्रकार हटाउने परिस्थिति बन्द गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा पत्रकारहरु रमेशचन्द्र बस्ताकोटी, गोविन्द अर्याल, केशव भट्टराई, अर्जुन अधिकारी, अनिता अर्याल, अपील घिमिरे, प्रकाशबाबु खनाल, सन्दीपकुमार श्रेष्ठ, कमलमान श्रेष्ठ अनिशा थापा, नेत्र गुरुङ, शिव शर्मा लगायतले पत्रकार हकहितकोबारेमा बोल्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.