नेपाली काङ्ग्रेसका नेता सिंह: अलोकतान्त्रीक निर्णय भएकाले ओलीलाई समेत निर्वाचन हुनेमा विश्वस्त हुन नसकेको
न्युजभित्तो/१७ पुष २०७७, शुक्रबार १३:३७
चितवन, १७ पुस । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओली निर्वाचन हुनेमा आँफै विश्वस्त नरहेको बताएका छन् । ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली काङ्ग्रेस चितवनले हिजो (बिहीबार) आयोजना गरेको “राष्ट्रिय मेलमिलाप नीति र वी.पी. कोइराला” बिषयक एक दिवसीय प्रबचन कार्यक्रममा बोल्दै उनले अलोकतान्त्रीक निर्णय भएकाले ओलीलाई समेत निर्वाचन हुनेमा विश्वस्त हुन नसकेको बताएका हुन्।
संबिधानमा नभएको अधिकारको प्रयोग गरेर सरकारले देशलाई राजनैतिक अन्धकार तर्फ धकेलेको उनको आरोप थियो।अहिलेको समयमा काङ्ग्रेस जिम्मेवार वन्नुपर्ने भन्दै उनले राजनैतीक अस्थिरता अन्त्यका लागि काम गरेर देखाउने समय आएको बताएका हुन् ।
अहिलेको राजनैतिक अस्थिरताको अन्त्यका लागि काङ्ग्रेस जिम्मेवार भएर काम गर्नु आबश्यक रहेको उनको भनाई थियो । उनले भने, “राजनैतीक उतारचडाप हुँदा काङ्ग्रेसले वागडोर सम्मालेको हो । अहिले फेरी त्यो काम गर्नु आबश्यक छ।” अहिले संबिधानको मर्म बिपरित सरकार अघि वढेकाले अस्थिरता वढेको उनले बताए । यसका लागि काङ्ग्रेसले संबिधानको मर्मलाई ख्याल गर्दै अघि वढ्नु आजको आबश्यकता रहेको सिंहले बताए ।
“सरकारले संसद भंग गर्नु संबिधान बिपरित हो,” उनले भने अहिले आफ्नो नेतृत्वमा वनेको संबिधानको रक्षाका लागि काङ्ग्रेस लाग्नु आबश्यक रहेको उनको भनाई थियो । राष्ट्र, प्रजातन्त्र, संबिधान जोगाउनका लागि जिम्मेवार वन्नु पर्ने भन्दै उनले भने, “अहिले जनताले स्थिरताका लागि नेकपालाई स्पष्ट बहुमत दिएको हो तर त्यो पुरा भएन ।”
वि. सं. २०३३ सालमा वी. पी. सहितका नेताहरु राष्ट्रको हितका लागि आँफुमाथि ८ वटा मुद्धा हुँदा पनि नेपाल आएको स्मरण गर्दै उनले अहिले राष्ट्रप्रति जिम्मेवार नेतृत्व नभएको बताए । जनताका लागि वनेको पार्टीले अहिले जनताको पक्षमा काम गर्न नसकेको र महाधिबेशन समेत हुन नसक्नु गलत भएको उनको भनाई थियो । पार्टी नेतृत्वले सहि समयमा सहि निर्णय लिनु पर्ने भन्दै उनले अहिलेको अबस्थामा पार्टीले निर्णय लिन नसक्नु कम्जोरी भएको बताए ।
पार्टीको महाधिबेशन फागुनमा हुन नसक्ने भन्दै उनले संबिधान अनुसार बैधानिकतालाई ख्यालमा राख्दै महाधिबेशन गराउनु पर्ने बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य वद्री पाण्डेले कम्युनिष्ट शासनले देशलाई वन्धक वनाएको बताए । स्वयच्छाचारीता, सर्वसत्ताबादको उत्कषको रुपमा संसद विगठन रहेको उनको भनाई थियो । उनले भने, “काङ्ग्रेसले संबिधान अनुसार हुने निर्वाचन चाहन्छ । असंबैधानीक होइन ।” संबिधानको रक्षा गर्ने बिषयमा काङ्ग्रेस अघि वढ्नु पर्ने उनको भनाई थियो ।
एकता र विश्वासको बातावरण भएमा काङ्ग्रेसले संबिधान बिरोधि शक्तिलाई ठाउँमा ल्याउन सक्ने उनले बताए । केपि ओलीले प्रचण्ड मिलाउने सकेनन् भन्दै उहाँले अब काँग्रेस त्यो मिलाउन सक्ने तागद राख्ने उनले बताए । पार्टी शक्तिशालि र वलियो बनाउनका लागि सबै एक हुनु आबश्यक छ रहेको उनले बताए । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उमा रेग्मी, नेपाली काङ्ग्रेस चितवनका उपसभापति कैलाश कोइराला लगाएतले बोलेका थिए ।