सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नौ हजार कर्मचारीका लागि विज्ञापन खुल्यो


  •    /१५ जेष्ठ २०७६, बुधबार १०:२६ 
  • काठमाडौँ । लोकसेवा आयोगले बुधबार झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापनबाट कर्मचारी माग गरेको हो ।

    आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जनताका लागि सबैभन्दा बढी सेवा प्रवाह हुने स्थानीय तह भएकाले पहिले स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न थालिएको बताउनुभएको छ । सरकारले स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः सङ्घ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ ।

    प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म स्थानीय तहका कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले गर्ने कानूनी व्यवस्थाअनुसार विज्ञापन गरेर पदपूर्ति गर्न थालिएको उहाँले बताउनुभयो । “कुन स्थानीय तहलाई कुन पद कर्मचारी आवश्यक छ सोहीअनुसार स्थानीय तहगत रुपमा विज्ञापन गरिएको छ”, उहाँले भन्नुभयो । आयोगले चारदेखि छ तहसम्म खुला प्रतिस्पर्धामा विज्ञापन गरेको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त दरबन्दी स्थानीय तहबाट सङ्कलन गरेपछि आयोगले विज्ञापन गरेको हो । उहाँका अनुसार तीनदेखि छ महीनासम्ममा कर्मचारीलाई छनोट गरेर स्थानीय तहमा पठाइने छ । “हामीले विज्ञापनबाट कर्मचारीको छनोट गरिसकेपछि स्थानीय तहलाई नै नियुक्तिका लागि सिफारिस गर्दछाँै”, उहाँले भन्नुभयो, “हामीले सिफारिस गरेका कर्मचारीलाई सिधै सम्बन्धित स्थानीय तहले नियुक्तिपत्र दिने छन् ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    • स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.