सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कब्जा गरिएका सरकारी जग्गा फिर्ता गरिँदै : प्रम ओली


  •    /१ बैशाख २०७६, आईतवार १५:५१ 
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल गरी कब्जा गरिएका सरकारी जग्गा धमाधम फिर्ता गर्न लागिएको बताएका छन् ।
    नयाँ वर्ष २०७६ सालको अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता गरिँदै जाने बताएका हुन् । राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट नदिने उनको प्रतिबद्धता छ ।
    प्रधानमन्त्री ओलीले घरजग्गा कारोबार, नक्कली भ्याट बिल प्रकरण, संगठित तस्करीलगायतका अनुचित कामको छानबिन भइरहेको जानकारी दिए ।
    प्रधानमन्त्री ओलीले भने, ‘घरजग्गा कारोवार होस् वा संगठित तस्करी, भन्सार र अध्यागमनको विषय होस् वा हुण्डी कारोबार तथा विदेशी विनिमय अपचलन, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अवाञ्छित र अनुचित कामको छानबिन जारी छ ।
    उनले भ्रष्टाचारविरुद्धको यो लडाइँ चुनौतिपूर्ण रहेको पनि बताए । यद्यपि जुनसुकै मूल्य चुकाएर भए पनि भ्रष्टाचार उन्मूलन गरेरै छाड्ने उनले प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई थाहा छ, भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ । तर जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरी छाड्ने अभियानमा म प्रतिवद्ध छु ।’
    गएको साल बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष रहेको भन्दै उनले आफू नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिन थालेको दाबीसमेत गरेका छन् ।
    अफ्रिकी सिंह र हरिणको कथाको अंश उद्धरण गर्दै प्रधानमन्त्री ओलीले छोटो समयसीमाभित्र असिमित काम गर्नुपर्ने दायित्व सरकारसँग रहेको बताए । उनले भने, ‘मैले नेतृत्व गरेको सरकारको यसै कार्यकालमा हामीले हाम्रो मुलुकलाई ‘अति कम विकसित मुलुकको टिठलाग्दो हैसियतबाट उकास्नै पर्छ । सन् २०३० मा तोकिएको दीगो विकास लक्ष्य भेट्टाउनै पर्छ । यसको लागि हामी र हामी बीचको दौड प्रतिस्पर्धा अफ्रिकी सिंह र हरिणको जस्तै हुनु आवस्यक छ । जे गर्नुछ, हामीले यही एक दशकभित्र सम्पन्न गरिसक्नु पर्छ । आउँदो १० वर्षपछि आजको युवा जनसंख्या बुढ्यौलीतिर ढल्कनेछ र हाम्रो विकासको जनसाङ्खिक लाभ सकिनेछ ।’
    हरेक दिन सामान्यतः विहान ६ बजेदेखि राति १२ बजेसम्म आफू सक्रिय रहने गरेको जानकारी पनि उनले दिए । मुख्य औपचारिक कार्यक्रमको मात्रै हिसाब गर्ने हो भने पनि गएको एक वर्षमा ३१४ वटा विभिन्न कार्यक्रममा आफू सहभागि भएको र कुनै न कुनै रुपमा जनतासँग सम्वाद जारी राखेको ओलीले बताए ।
    प्रधानमन्त्री ओलीले भने, ‘हामीसित समयको सीमा छ, गर्नुपर्ने काम भने असिमित छन् । समयको गति समाउन मैले पनि आफूलाई, यो तीब्र गतिको दौडमा सामेल गरिरहेको छु । प्रत्येक परिश्रमी नेपालीझैं मैले पनि आफूलाई, हरेक दिन सामान्यतः विहान ६ बजेदेखि राति १२ बजेसम्म सक्रिय राखेको छु ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.