सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस सभापति देउवा र महामन्त्री कोइराला चुनावको पक्षमा, हिन्दूराष्ट्र पूनःस्थापना गर्ने !


  •    न्युजभित्तो/१६ पुष २०७७, बिहीबार ११:१० 
  • काठमाडौं, १५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आगामी वैशाख १७ र वैशाख २७ गते गरि दुई चरणमा गर्नेगरि घोषणा भएको निर्वाचनमा भाग लिनेगरि आन्तरिक तयारीमा जुटेको छ ।

    यसको पुष्टि सभापति शेरबहादुर देउवा र महामन्त्री डा। शशांक कोइरालाबीच भएको भेटवार्ता र सहमतिले गरेको छ । यही सोमबार देउवा निवास बुढानिलकण्ठमा सभापति देउवाले र महामन्त्री कोइरालाबीच छलफल भएको थियो । उक्त छलफलमा निर्वाचनमा जानेबारेमा सहमति भएको स्रोतले जनाएको छ ।

    भेटमा सभापति देउवा र महामन्त्री कोइरालासँगै प्रभावशाली नेता तथा सांसद डा। मिनेन्द्र रिजालको पनि सहभागिता थियो । देउवाले उक्त भेटमा अब कुनैपनि हालतमा संसद पूनस्र्थापनाको मुद्दा बोक्न नहुने भन्दै बरु १६५ निर्वाचन क्षेत्रमा आयोजित विरोधसभालाई चुनावी प्रचारको रुपमा उपयोग गर्नुपर्ने धारणा राखेका थिए ।

    देउवाको प्रस्तावमा महामन्त्री कोइराला सहमत भएका थिए । चुनावमा जाँदा अब हिन्दूराष्ट्र पूनस्र्थापनाको एजेण्डा बोक्नुपर्ने कोइरालाको प्रस्तावमा सभापति देउवा पनि सहमत भएको बुझिएको छ । कांग्रेसमा सुरुवातदेखि नै महामन्त्री कोइराला हिन्दूराष्ट्रको पक्षमा वकालत गर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.