सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अतिक्रमित जग्गा फिर्ता ल्याएर पूर्वाधार बनाउँदै रत्ननगर


  •    न्युजभित्तो/१५ पुष २०७७, बुधबार २१:०७ 
  • रत्ननगर (चितवन), १५ पुस । रत्ननगर नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याएर विकास पूर्वाधारका काम अघि बढाएको छ । हालसम्म ५५ बिघा जग्गा फिर्ता भइसकेको छ भने ती ठाउँमा विकास निर्माणका काम अघि बढेका छन् ।

    नगर प्रमुख नारायण वनका अनुसार भूमाफियाले कब्जा गरेको र स्थानीय समुदायले भोगचलन गर्दै आएको ऐलानी तथा सार्वजनिक जग्गा नगरपालिकाले फिर्ता गरेको हो । माफियाको हातबाट फिर्ता गरी संरक्षण गरेको सार्वजनिक जग्गामा स्थानीय तथा केन्द्र सरकारले विकासका पूर्वाधार निर्माण शुरू गरेको उहाँले जानकारी दिनुभयो ।

    यसबीचमा नगरपालिकाले वडा नं १६ मा कुँवर टोल र रायमाझी टोलमा नौ बिघा, सोही वडाको अन्य स्थानमा पाँच बिघा, वडा नं ७ मा बूढीराप्ती खोला र बद्रहनी आसपासमा १२ बिघा, वडा नं ९ र १० अन्तर्गत पर्ने खगेरी पुल आसपासको क्षेत्रमा पाँच बिघा, वडा नं ८ अन्तर्गत बूढीराप्तीको किनार र मनहरा फुटबल मैदान गरी पाँच बिघा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न सफल भएको छ ।

    त्यसैगरी, वडा नं ९ कै लालपर्सा खगेरी सिमानामा पाँच बिघा, वडा नं १५ को बूढीकुलो कालिका नगरपालिकाको सिमानामा दुई बिघा, वडा नं ४ को देवौली बगैँचाटोलमा एक बिघा, वडा नं २ मा विभिन्न ठाउँमा गरी सात कट्ठा, वडा नं १ र ३ मा १०÷१० कट्ठा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न सफल भएको छ ।

    वडा नं १६ मा संरक्षण गरिएको जग्गामा तारबार गरी फनपार्क, वडा नं ७ मा संरक्षण गरिएको जग्गामा सौराहा सभाहल, वडा नं ९ मा संरक्षण गरिएको जग्गामा इको कल्चर भिलेन र पशु हाटबजार निर्माणको काम भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिनुभयो । त्यसैगरी, वडा नं ८ मा संरक्षण गरिएको जग्गामा फुटबल मैदान, वडा नं ४ मा संरक्षण गरिएको जग्गामा सभाहल र कर्भड हल, वडा नं २ मा संरक्षण गरिएको जग्गामा बसपार्क र वडा नं ३ मा संरक्षण गरिएको जग्गामा बाल उद्यान तथा कर्भड हल निर्माण गरिएको छ ।

    नगर प्रमुख वनले भन्नुभयो, “सार्वजनिक जग्गा संरक्षणका क्रममा हामीले मुद्दासमेत खेप्दै आएका छौँ । जग्गा खण्डीकरण गरेर किनबेच गर्ने भूमाफियाले समेत सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएको छ ।” नगरपालिकाले भूमाफियादेखि पूर्वमन्त्रीसम्मले अतिक्रमण गरेको सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको उहाँले बताउनुभयो । ऐलानी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान नरोकिने उहाँले जानकारी दिनुभयो । जग्गा संरक्षण गर्नेक्रममा नगरपालिकाको विरूद्ध जिल्ला अदालत हुँदै पुनरावेदन अदालतमा मुद्दा परेको थियो । नगरपालिका र प्रमुख वनविरूद्ध परेको मुद्दामा जीत हासिल गर्दै क्रमिकरुपमा सार्वजनिक जग्गा संरक्षणको कामलाई तीव्रता दिइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.