सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपाको भरतपुर महानगरस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न


  •    न्युजभित्तो/१५ पुष २०७७, बुधबार २०:४९ 
  • भरतपुर, पौष १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भरतपुर महानगरस्तरीय अगुवा कार्यकर्ता भेला आज बुधबार सम्पन्न भयो । पछिल्लो राजनैतिक अवस्थाका बारेमा जानकारी दिन अगुवा कार्यकर्ता भेला गरिएको हो ।

    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य बिजय सुबेदीले अहिलेको अवस्थामा सम्पूर्ण नेता कार्यकर्ता एकजुट हुनु पर्ने अवस्था आएको बताउनुभयो । उहाँले सबैको ध्यान आगामी निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर अगाडी बढनु पर्ने उहाँको भनाई थियो ।

    नेकपाका केन्द्रीय सदस्य हरि सापकोटाले अहिलेको अवस्थामा अब पार्टीलाई नयाँ शिराबाट अगाडी बढाउँदै अहिलेको अवस्थामा स्थानीय स्तरमा जागरुक हुनु पर्ने बताउनुभयो।

    भेलामा केन्द्रीय सदस्य तथा संसद पार्बती रावलले अगुवा कार्यकर्ताहरुले पार्टी फुटाउन चलखेल गर्नेका बिरुद्ध जनस्तरमा बुझाउनु पर्ने बताउँदै केही व्यक्तिको पदलोभका कारण अहिले असहज अवस्था आएको बताउनुभयो।

    कार्यक्रममा बाग्मती प्रदेशका संसद कृष्ण भुर्तेलले पार्टी बिखण्डनको अवस्थामा पुगेको बेला आफुले सहि मार्ग अबलम्बन गरेको बताउदै सम्पूर्ण नेता कार्यकर्तालाई गोलबन्द भै जनताको बहुदलीय जनवादको सार्थकतालाई पूर्णरुप दिन आग्रह गर्नुभयो । उहाँले केही समय आफू दुबिधामा रहेको भएपनि अहिलेको अबस्थामा अरु गुट उपगुटमा नलाग्न अगुवा कार्यकर्तालाई अनुरोध गर्नुभयो ।

    कार्यक्रममा नेकपा प्रदेश सदस्य शान्ती अधिकारी लगायतले केही नेताका स्वार्थका कारण नेता कार्यकर्ता अलमलिने अवस्था सिर्जना भएको बताउँदै पार्टीलाई अझै सशक्त बनाउनु पर्ने बताउनुभयो। कार्यक्रममा रमाकान्त सापकोटा, तिलचन्द्र भट्टराई , नारायण अधिकारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा भरतपुर महानगरपालिका भित्रका अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.