हात्तीबाङ (चितवन), १५ पुस । पोखराका समाजसेवीहरु न्यानो कपडा बोकेर चितवनको चेपाङ गाउँ उक्लेका छन् । सीमान्त्कृत समुदायमा पर्ने चेपाङका १४० जना बालबालिकालाई पोखराको लायन्स क्लब लेकसाइड र लायन्स क्लब पोखरा गार्डेनले ईच्छाकामना गाउँपालिका वडा नं. १ काउलेको हात्तीेबाङमा बुधबार न्यानो कपडा ज्याकेट वितरण गरेको हो ।
राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङ र आधारभूत विद्यालय भुलभुलेका विद्यार्थीले न्यानो कपडा पाएका हुन् । हात्तीबाङ स्कुलको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्मबहादुर चेपाङले क्लबले दिएको ज्याकेटले चिसोको मारमा परेका बालबालिकालाई राहत हुने बताउनुभयो । अधिकांश बालबालिका न्यानो कपडाबाटै बञ्चित हुने गरेको उहाँको भनाई छ ।
विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले साना विद्यार्थी पनि न्यानो लुगाबिनै स्कुल आउने गरेको र चिसो बढे पढ्नै छाड्ने गरेको बताउनुभयो । राष्ट्रिय आधारभूत विद्यालय भुलभुलेका शिक्षक शर्मिला नेपालले पहाडमा चिसो बढ्ने तर राम्रो लुगा लगाउन नपाउने समस्या रहेको बताउनुभयो ।
लायन्स क्लब पोखरा लेकसाइडका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले लायन्स सदस्यहरुमा सेवा गरौं भन्ने भावना हुने र आफ्नो आम्दानीको केही हिस्सा समाजसेवामा लगाउने गरेको बताउनुभयो । क्लबका डिष्ट्रिक एडभाइजर जयराम तिमिल्सिनाले आफुहरुले केही वर्षयता चितवनका विभिन्न ठाउँमा सहयोग कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
क्लबका पूर्व अध्यक्ष तथा डिष्ट्रिक ३२५ बी १ का रिजनल चेयर पर्सन रामु गौतमले माडीको कुसुमखोलाका चेपाङ बालबालिकालाई पनि क्लबले गत वर्ष न्यानो कपडा दिएको स्मरण गराउनुभयो । “हामी आ–आफ्नो व्यवसाय गरेकाहरुले जुटाएको सहयोगले यसरी काम गर्दछौं । बाहिरबाट कुनै सहयोग आएको हैन । अघिल्ला वर्षहरुमा चितवनकै अन्य ठाउँ गएका थियौं । यो वर्ष पहाड आयौं” गौतमले भन्नुभयो ।
लायन्स क्लब लेकसाइडका उपाध्यक्ष नवराज अधिकारी, पोखरा गार्डेनका कोषाध्यक्ष चुडामणि भुर्तेल लगायतले चेपाङ समुदाय र विद्यालयका लागि आउँदा दिनहरुमा पनि सहयोग गर्ने सोचाइ बनाएको बताउनुभयो । ईच्छाकामाना गाउँपालिका सिमान्तकृत चेपाङ समुदायको बसोबास भएको जिल्लाको पहाडी क्षेत्र हो ।