सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चीनको सिनोफार्मले बनाएको कोरोनाविरूद्धको खोप ८० प्रतिशत प्रभावकारी


  •    न्युजभित्तो/१५ पुष २०७७, बुधबार १२:२२ 
  • एजेन्सी – चिनियाँ कम्पनी नेशनल फार्मास्युटिकल ग्रुप (सिनोफार्म) ले बनाएको कोरोना भाइरसविरूद्ध खोप झन्डै ८० प्रतिशत प्रभावकारी देखिएको छ।

    उक्त कम्पनीले बुधबार तेस्रो चरणको परीक्षणको प्रारम्भिक विवरणमा आफूले बनाएको खोप ७९.३४ प्रतिशत प्रभावकारी भएको जानकारी दिएको हो। सिनोफार्मले बनाएको खोप दुई डोज लगाउनु पर्छ।

    यो खोपको तेस्रो चरणको परीक्षण युएई, बहराइन, जोर्डन, पेरू र अर्जेन्टिनालगायत देशमा गरिएको थियो। डिसेम्बर ९ मा युएईका स्वास्थ्य अधिकारीहरूले चिनियाँ खोप ८६ प्रतिशत प्रभावकारी देखिएको बताएका थिए। युएई र बहराइनले चिनियाँ खोपलाई यसअघि नै प्रयोगका लागि स्वीकृति दिइसकेका छन्।

    चीनले पनि केही महिनादेखि नै यो खोपको आपतकालीन प्रयोग गरिरहेको छ। अहिले यसको आम प्रयोगका लागि अनुमति मागिएको कम्पनीले जनाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.