सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश सांसद भूर्तेल ओलीतर्फ नै


  •    न्युजभित्तो/१५ पुष २०७७, बुधबार ११:०० 
  • चितवन, १५ पुस । नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्रका सांसद कृष्ण भुर्तेल नेकपा (केपी ओली समूह) मा फर्किएका छन । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–माधव समूहमा लागेका उनि पुनः ओली समूहमा आएका हुन । उनले बागमती प्रदेश सरकारविरुद्ध लगाइएको अबिस्वासको प्रस्तावमा गरेको समर्थन समेत फिर्ता लिएका छन । उनि चितवन ३ (१) का प्रदेसभा सांसद हुन ।

    मंगलबार मात्रै उनि प्रचण्ड माधव सूहको काठमाडौंमा आयोजित प्रदर्शनमा सहभागी भएका थिए । यस्तै कृष्णपुर स्थित पार्टी कार्यालयमा प्रचण्ड माधव समूहद्धारा आयोजित कार्यक्रममा पनि उनि सहभागी भएका थिए । मंगलबार बेलुको उनले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको स्रोतले बताएको छ । उनले एक्लै प्रधानमन्त्री ओलीसंग भेट गरेका थिए ।

    उनले आजैदेखि आफ्नो निर्वाचन क्षेत्रमा जबजका पक्षमा अभियान चलाउने नारायणी अनलाइनलाई बताए । उनले भने,‘मैले विविकेपूर्ण निर्णय गरेको छु, प्रदेश सरकारलाई दिइएको अविस्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको छु ।’ उनले आफु प्रदेश सरकार हटाउने पक्षमा नरहेको बताए । उनले सरकार परिवर्तन हुँदा झन अस्थिरता निम्तने धारणा राखे । ‘बैचारिक ढंगले म पहिला जहाँ थिए त्यही बसेर काम गर्ने निर्णय गरेको छु,उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.