पर्यटकको चहलपहल बढेपछि जगतपुरमा जीप र हात्ती सफारी सञ्चालन गर्न समिति गठन
न्युजभित्तो/१४ पुष २०७७, मंगलवार २१:०६
अपिल घिमिरे
जगतपुर (चितवन), १४ पुस । कोरोना कहलपछि पर्यटकको चहलपहल बढेसँगै यहाँ थप पर्यटकीय गतिविधि हुन थालेका छन् । पश्चिम चितवनको जगतपुरमा सामुदायिक वन घुम्नका लागि सहज र व्यवस्थित गर्न घैलाघारी बेलहट्टा हरियाली पर्यटन व्यवस्थापन उपसमिति गठन गरिएको हो।
घैलाघारी मध्यवर्ती सामुदायिक वन र बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक वन भरतपुर महानगरपालिका वडा नं. २३ जगतपुरले आफ्ना दुवै कार्यसमितिबाट पर्यटन व्यवस्थापन उपसमिति गठन गरेको छ। नव गठित समितिको अध्यक्षमा घैलाघारी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष रामप्रसाद चालिसे रहनु भएको छ । त्यस्तै सचिवमा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ढुण्डिराज अधिकारी, कोषाध्यक्षमा यम बहदुर दवाडी,सहसचिवमा रेशम दरै र सदस्यहरुमा इश्वरीप्रसाद सापकोटा, भिमबहादुर पौडेल, पदमबहादुर खड्क रहनु भएको छ ।
घैलाघारी बेलहट्टा हरियाली पर्यटन व्यवस्थापन उपसमितिको लेखा समितिमा धनबहादुर खड्का,भविश्वर तिवारी र पारसमणि पौडेल छनौट हुनु भएको छ । नयाँ व्यवस्थापनसँगै दुवै सामुदायिक वनका करिव ३०० हेक्टर क्षेत्रमा जीप सफारी, हात्ती सफारी र पैदल यात्रा संचालनमा आउने अध्यक्ष रामप्रसाद चालिसेले बताउनुभयो । यस अघि घैलाघरि सामुदायिक वन भित्र १० वर्षदेखि जीप र हात्ती सफारी संचालित थियो भने अब हरियाली सामुदायिक वन भित्र पनि संचालित हुने अध्यक्ष चालिसेले बताउनुभयो ।
उक्त क्षेत्रमा जीप सफारी गर्दा गैंडाका वथान ,मृग, मयुर र चितुवा अनिवार्य देख्न पाइने हरियाली पर्यटन व्यवस्थापन उपसमिति एवं बेल्हट्टा हरियाली मध्यवर्ती सामुदायिक वनका सचिव रेशम दरैले दावी गर्नुभयो। दुवै वन भित्र घुम्दा सिमसार क्षेत्र ,अजिङ्गर ताल ,खौ खोला ताल ,घुम्न सकिने र ४ वटा मचानबाट टाढासम्मका वन्यजन्तु र चराचुरुंगी समेत अवलोकन गर्न सकिने सचिव दरैले बताउनुभयो ।
पछिल्लो समय सौराहामा कोलाहल बढेसँगै वन्यजन्तु र चराचुरुङ देख्न मुस्किल पर्न थालेपछि पर्यटकहरु पश्चिम चितवनका पर्यटकीय गन्तव्यतर्फ आकर्षित हुँदै गएका छन् ।