सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चेपाङ गाउँमा स्पन्दनले बाढ्यो न्यानो कपडा


  •    न्युजभित्तो/१४ पुष २०७७, मंगलवार २०:५४ 
  • सिद्धि (चितवन), १४ पुस । महिलाहरुले सञ्चालन गरेको संस्था भरतपुरको स्पन्दन नेपालले आज मंगलबार जिल्लाको विकट पहाडी गाउँ कालिका नगरपालिका वडा नं. १० मा पर्ने सिद्धिको देउजरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, स्वास्थ्य सामाग्री र स्टेशनरी वितरण गरेको छ । स्पन्दनले चार वर्षयता जिल्लाका विकट क्षेत्रमा गएर जाडो याममा न्यानो कपडा दिदै आएको छ । यसअघि स्वास्थय शिबिर पनि हुने गरेको थियो ।

    कक्षा पाँचसम्म पढाइ हुने देउजरको राष्ट्रिय आधारभूत विद्यालयका ५८ जना विद्यार्थीलाई स्पन्दनले न्यानो कपडा स्वीटर, उनको टोपी वितरण गरेको हो । स्पन्दन नेपालका अध्यक्ष इन्दिरा भुषालको सभापतित्वमा कार्यक्रममा भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह चेपाङ कार्यक्रमका प्रमुख अतिथि थिए । उनले सहरी र सुविधायुक्त ठाउँबाट निकै पर रहेको देउजरमा आएको यो सहयोग निकै महत्वपुर्ण भएको बताए ।

    विद्यालयमा ३१ बालक र २७ बालिका भर्ना भएर पढ्न आउने गर्दछन् । सबै बालबालिका चेपाङ समुदायका हुन् । अभिभावकको आर्थिक अवस्था खासै राम्रो नहुँदा जाडोेयाममा पनि सामान्य कपडा लगाएर विद्यालय आउँछन् । ‘शरिरमा सामान्य लुगा हुन्छ । पढ्न त बस्छन तर जाडोेले सिउसिउ गरेको सुनिन्छ । धेरै जाडो बढे विद्यालय नै आउँदैनन् । त्यसैले यो सहयोग सानो हैन ठुलो हो’ विद्यालयका प्रअ जमुना कोइरालाले भनिन् ।

    स्पन्दन नेपालको न्यानो कपडा वितरण कार्यक्रमका संयोजक अनिता खनालले संस्थाले यसअघि सिद्धिकै रन्तेस र माडीमा यस्तो कार्यक्रम गरेको र सोधखोज गर्दा देउजरमा न्यानो कपडा अत्यावश्यक भएको थाहा पाएका कारण यो पटक यहाँ आएको बताइन् । उनले कार्यक्रमका लागि स्वीटर, टोपी, औषधि, स्टेशनरी किन्दा र अन्य खर्चसमेत गरेर ५० हजार रुपैयाँको हाराहारीमा खर्च भएको बताइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.