सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलद्वारा दलका उपनेता र सचेतकलाई पदमुक्त


  •    न्युजभित्तो/१४ पुष २०७७, मंगलवार २०:५० 
  • हेटौंडा, १४ पुस । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशसभाको संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गर्नुभएको छ । नेकपा वाग्मती प्रदेशका संसदीय दलका नेतासमेत रहनुभएका पौडेलले उहाँहरुसहित ३० जना प्रदेशसभा सदस्यलाई प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरिएको बारे स्पष्टीकरणसमेत माग गर्नुभएको छ ।

    मुख्यमन्त्री पौडेलले आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै उपनेता शालिकराम जम्मकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गर्नुभएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार दलको विधानविपरीत कार्य गरेकाले नेता द्वयलाई कारवाही र स्पष्टीकरण माग गरिएको हो । “नेकपाको विधानको दफा १४ बमोजिम संसदीय दलको नेतालाई आवश्यक सहयोग गर्नुपर्नेमा तोकिएको कर्तव्य नगरेको तथा आफ्नै दलको सरकारलाई असहयोग गर्दै अविश्वासको प्रस्तावसमेत दर्ता गरेकाले उहाँहरुलाई पदमुक्त गरिएको हो”, मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.