सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रियनिकुञ्ज सुरक्षार्थ ‘अप्रेसन महाहन्ट’


  •    न्युजभित्तो/१४ पुष २०७७, मंगलवार २०:४८ 
  • चितवन, १४ पुस । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रण अभियानमा महत्वपूर्ण मानिएको ‘अप्रेसन महाहन्ट’ मङ्सिर २५ गतेदेखि शुरु गरिएको छ । यस अवधिमा १६ जना पक्राउ परेका छन् ।

    दुई जना अखेटोपहारसहित, एक जना फरार र १३ जना रातको समयमा माछा मार्ने प्रयोजन देखाएर बसेका पक्राउ परेका हुन् । महाहन्टका लागि विशेष फौज बाहिनीबाट यहाँ खटिएको छ । निकुञ्ज सुरक्षार्थ नेपाली सेनासहित एक हजार हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको बटुकदल गणका गणपति अरुण श्रेष्ठले जानकारी दिनुभयो । निकुञ्जको सुरक्षा नेपाली सेनाको बटुकदल गणले गर्दै आएको छ । श्रेष्ठका अनुसार विशेष फौज र निकुञ्जमा रहेका सेनालाई संयुक्तरुपमा तालीम दिएर अप्रेसन महाहन्ट शुरु गरिएको हो ।

    नियमित सुरक्षाका अतिरिक्त महाहन्टमा विशेष सुरक्षा फौजले निकुञ्ज कर्मचारी, सरोकारवाला संरक्षणमा सम्बद्ध निकायसँग समन्वय गरी निकुञ्जको विशेष सुरक्षा गर्ने उहाँले बताउनुभयो । महाहन्टका क्रममा चार कुकुर र पाँचवटा ड्रोनसमेत परिचालन गरिएको छ । हात्ती, गाडी, मोटरसाइकल, साइकल, पैदल, डुङ्गा गस्तीसमेत गरिँदै आएको छ ।

    हाल भएका पोष्टका अतिरिक्त अन्य ठाउँमा रातको समयमा पनि सुरक्षाकर्मीले सुरक्षा दिनेछन् । वर्षात् सकिएपछि हिउँदको समयमा निकुञ्जको भित्री भाग र मध्यवर्ती क्षेत्रभित्र पर्यटन मार्ग खुल्ला हुने, पात झरेर जङ्गल उजाड हुने, खरखडाइ खुल्दा मानिसको आवतजावत बढ्ने, खोला घटेर सहजै मानिस वारपार गर्नसक्ने हुनाले यो समयलाई चोरी–शिकारको दृष्टिले अति संवेदनशील समय मानेर विगत केही वर्ष यतादेखि महाहन्ट सञ्चालन गरिँदै आएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले विसं २०६७ बाट अप्रेसन सञ्चालन गर्दै आएकामा विसं २०७१ देखि भने महाहन्ट सञ्चालन गर्दै आएको छ । पुसदेखि वर्षात् शुरु नभएसम्म महाहन्ट जारी रहने गर्दछ ।

    विगतको अवस्थालाई हेर्दा मङ्सिरदेखि जेठ मसान्तसम्मको समयमा ८० प्रतिशत चोरी–शिकार हुने गरेको पाइएको छ । चैतदेखि जेठसम्म ६० प्रतिशत चोरी–शिकारी भएको तथ्याङ्कले देखाएको छ । यसैलाई मध्यनगर गरी खोलानाला घटेकाले जनावर पानीको खोजीमा टाढाटाढा जाने र पातपतिङ्गर झरेर जङ्गल सफा भएको समय पारेर चोरी शिकारी हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा थप मजबुद बनाउन महाहन्ट सञ्चालन गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

    महाहन्ट सञ्चालन अघि पनि निकुञ्ज सुरक्षार्थ नियमित गस्ती हुँदै आएको छ । जसमा पैदल, साइकल, मोटरसाइकल, गाडी, हात्ती र डुङ्गा गस्ती पर्दछन् । ‘रियल टाइम पेट्रोल मनिटरिङ’ प्रणालीबाट गस्ती टोलीले गस्ती गरेको ठाउँ र दूरी हेर्न सकिन्छ ।

    यसै प्रणालीअन्तर्गत निकुञ्जका पाँचवटा सेक्टरमा रहेका गुल्मपतिले समेत अनुगमन गर्ने गरेका छन् । निकुञ्जको अमलटारी, बबई, मेघौली, सौराहा र खगेन्द्रमल्लीमा सेनाका गुल्म रहेका छन् । ती गुल्ममा एक/एक वटा ड्रोन राखेर निरीक्षण गरिँदै आएको छ ।

    बरालले पछिल्लो समय समुदायलाई समेत समेटेर महाहन्ट सञ्चालन गरिएको भन्दै यसले निकुञ्ज र समुदायबीचको सम्बन्ध अझै नजिक हुने बताउनुभयो । निकुञ्जमा हाल ५१ ठाउँमा स्थायी पोष्ट रहेकामा महाहन्टका समयमा १२० भन्दा बढी ठाउँमा अस्थायी पोष्टकै रुपमा सुरक्षाकर्मी र कर्मचारी रहेर निकुञ्जको गस्ती गरिएको छ । बराल महाहन्टको समयमा अनुभव प्राप्त नेपाली सेनासमेत परिचालन हुने हुँदा निकुञ्जका शङ्कास्पद सबै क्षेत्रमा पुगेर निगरानी गरिने बताउनुहुन्छ ।

    साउनयता मात्र चोरी शिकारीका कारण मरेका चार वटा गैँडा फेला परेका छन् । विगत लामो समयदेखि शून्य चोरी शिकार रहेको यस निकुञ्जमा यस वर्ष पुनः चोरी शिकारी बढेको हो । यससँगै निकुञ्ज सुरक्षामा नयाँ रणनीति अपनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.