सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नगर प्रहरीले पत्रकारमाथि गरेको दुव्र्यवहारको युनियनद्वारा भत्र्सना


  •    न्युजभित्तो/१४ पुष २०७७, मंगलवार २०:४३ 
  • चितवन, १४ पुस । नारायणी अनलाईनमा कार्यरत पत्रकार हिरालाल आचार्यमाथि भरतपुर महानगरको नगर प्रहरीले गरेको दुव्र्यवहारको प्रेस युनियन चितवनले भत्र्सन गरेको छ । युनियनले आज मंगलबार एक विज्ञप्ति प्रेषित गर्दै नगरप्रहरीद्वारा पत्रकार आचार्यमाथि फोटो खिच्ने क्रममा फोटो डिलिट गर्न लगाएर भएको दुव्र्यवहारप्रति भत्र्सना गरेको हो ।

    युनियनका जिल्ला अध्यक्ष अनिल ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ “भरतपुरको चौबिसकोठीमा ठेलामा फलफूल बिक्री गरिरहेका ब्यवसायीलाई नगरप्रहरीले लखेटिरहेको तस्विर खिच्दा भएको दुव्र्यवहारको घोर भत्र्सना गर्दछौं ।” युनियनले समाचार संकलनको क्रममा सञ्चार सामग्री नियन्त्रणमा लिएर तस्वीर हटाउने काम निन्दनीय र खेदजनक भएको जनाएको छ । यो घटना स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएको ठहर गर्दै विज्ञप्तिमा त्यस कार्यमा संलग्नलाई तत्काल कारबाही गर्न महानगरपालिकासँग माग गरिएको छ ।

    स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गर्ने पत्रकारमाथि कुनै पनि पक्षबाट दुव्र्यहार हुनु निन्दनीय हुने जनाउँदै विज्ञप्तिमा कुनै पनि घटनाबाट विचलित नभई सत्यतथ्य समाचार सम्प्रेषणमा जुट्न आम पत्रकारहरुमा अनुरोध गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.