सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा कोरोना भाइरसका सात सय ८ जना सङ्क्रमित थपिए


  •    न्युजभित्तो/१४ पुष २०७७, मंगलवार १६:३७ 
  • काठमाडौं, १४ पुस । नेपालमा कोरोना भाइरसका सात सय ८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५९ हजार ५४८ पुगेको छ । हालसम्म १९ लाख २१ हजार ३६७जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा छ हजार १३५ आरटीपीसीआर परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमणको पुष्टि भएको हाे । मन्त्रालयका अनुसार हाल छ हजार ३९६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

    पछिल्लो चौबीस घण्टामा सात सय ३१ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ५१ हजार ३१२ पुगेको छ । नेपालमा कोरोना संक्रमित हुने दर ९६.८३ प्रतिशत  छ ।

    पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८४० जनाको मृत्यु दर्ता गरिएको छ । हाल छ हजार ३९६ जना आइसोलेशनमा र तीन सय ६५ जना क्वारेन्टिनमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.