सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन


  •    न्युजभित्तो/१४ पुष २०७७, मंगलवार १४:१२ 
  • काठमाडौं,४ पुस।   बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ ।

    सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको आन्दोलनमा सहभागी अर्का किसान मुकेश ठाकुरले बताए । उनलाइ मंगलबार विहान हृदयघात भएको थियो ।

    ‘उहाँलाई हृदयघात भएपछि हामीले चाबहिलको हेल्पिङ ह्याण्ड अस्पताल पुर्‍यायौं, अस्पतालले गंगालल रिफर गर्‍यो, अस्पताल पुर्‍याएको दुई घण्टामा उनको निधन भयो,’ ठाकुरले अनलाईनखबरसँग भने ।

    उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । समाजवादी पार्टी सर्लाहीका नेता केदारनन्द चौधरीका अनुसार सोमबार सरकासंग भएको किसान आन्दोलन सम्झौता प्रति उनले असहमति राखेका थिए।

    ‘मृतक यादवले अन्नपूर्ण चिनी मिलसँग २४ लाख ६३ हमार रुपैयाँ पाउन बाँकी थियो, काठमाडौं जारी आन्दोलनपछि आफूले एक रुपैयाँ पनि बक्यौता नपाएको उनले बताएका थिए,’ चौधरीले थपे, ‘बिहान पाँच बजे फोन गररे यादवले स्वास्थ्य खराब भएको बताए, त्यसपछि उनलाई अस्पताल पुर्‍याइएको थियो ।’

    मृतक यादवलाई बैंकको १८ लाख रुपैयाँ ऋण रहेको चौधरीले बताए । पैसा नलिई आन्दोलन नत्याग्ने बताउँदै आएका यादव सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्ता र सहमति सहभागी थिएनन् ।

    चाबहिलको कृष्ण प्रणामी मन्दिरमा बसेर यादव काठमाडौंमा जारी आन्दोलनमा सहभागी थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.