सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खैरहनी नगरपालिका नदी नियन्त्रणमा जुट्यो


  •    न्युजभित्तो/१४ पुष २०७७, मंगलवार ११:५८ 
  • चितवन,१४ पुस ।   बर्सेनि वर्षायाममा डुबानको समस्या झेल्दै आएको पूर्वी चितवनको खैरहनी नगरपालिका नदी नियन्त्रणमा जुटेको छ । नगरपालिका हुँदै बग्ने राप्तीसहितको नदी तथा खोलामा तटबन्धन र स्पर निर्माणमा जुटेको हो । नगरपालिका प्रमुख लालमणि चौधरीका अनुसार नदी नियन्त्रणमा मात्रै यस वर्ष रु सात करोडभन्दा बढी खर्च गरिँदैछ ।

    स्वीस सरकारको पूर्वी चितवन नदी नियन्त्रण तथा जीविकोपार्जन कार्यक्रम र खैरहनी नगरपालिकाको संयुक्त लगानीमा निर्माणको काम थालिएको हो । राप्ती नदीमा स्पर निर्माण भइरहेको छ भने अन्य खोलामा तटबन्धनको काम थालिएको प्रमुख चौधरीले जानकारी दिनुभयो । खैरहनी वडा नं ७ र ९ को वैरहनी दक्षिण सिमाना भएर बगेको पम्फाखोलामा रु एक करोड ८० लाख बराबरको तटबन्धनको काम भइरहेको छ । त्यस्तै बूढीराप्ती खोलाको गौचरनमा रु ८० लाख बराबरको काम भइरहेको छ । बूढीराप्ती खोलाकै फसेर्नीमा रु ६० लाख, लदराखोलामा रु ३९ लाख र लदराखोला होलिल्याण्ड जाने बाटोमा रु ८० लाख बराबरको तटबन्धनको काम भइरहेको छ । राप्ती नदीमा चार स्पर निर्माणको काम थालिएको छ ।

    त्यसका लागि झण्डै रु दुई करोड खर्च लाग्ने चौधरीको भनाइ छ । अन्य सानातिना तटबन्धनका काम पनि भइरहेका छन् । नदी तथा खोलाले कटान गरेर खेतीयोग्य जमिन क्षति हुने भएकाले ती खेतीयोग्य जमिनलाई जीविकोपार्जनसँग जोडेर तटबन्धनको काम गरिएको उहाँले बताउनुभयो । पूर्वी चितवन नदी नियन्त्रण तथा जीविकोपार्जन कार्यक्रम अहिले दोस्रो चरणमा सञ्चालन भइरहेको छ ।

    सो परियोजनाअन्तर्गत पूर्वी चितवन नदी नियन्त्रण तथा जीविकोपार्जन कार्यक्रमको ६० प्रतिशत, खैरहनी नगरपालिकाको ३० प्रतिशत र उपभोक्ताको १० प्रतिशत साझेदारीमा काम भइरहेको छ । यो कार्यक्रमले खेतीयोग्य जमिन संरक्षणमा मद्दत पुगेको चौधरीले बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.