सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

 माडीका बिपन्न तथा जेहेन्दार बिद्यार्थिहरुलाई साईकल सहयोग


  •    न्युजभित्तो/१४ पुष २०७७, मंगलवार ११:५० 
  • चितवन,१४ पुस।   माडीका जेहेन्दार छात्राहरुलाई साईकल सहयोग गरीएको छ । हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका माडीका युवा ई.सुरेश खड्का र उहाँकी श्रीमति वृष्टी मोक्तानले माडीको जनकल्याण माध्यमिक बिद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत बिपन्न तथा जेहेन्दार २० जना छात्राहरुलाई साईकल उपलब्ध गराउनुभएको हो।

    बिपन्न तथा जेहेन्दार बिद्यार्थिहरुलाई बिद्यालय जान आउन सहज होस भन्ने उदेश्य र पढाईमा थप हौसला जगाउने उदेश्यले साईकल बितरण गरीएको खड्काले बताउनुभएको छ । बिद्यालयको बार्षिक उत्सवको अबसर पारेर सोमबार खड्काकी आमा टुकीमायाले बिद्यार्थिलाई साईकल बितरण गर्नुभएको हो । छात्राहरुलाई साईकल हस्तान्तरण गर्दै टुकिमायाले बिद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

    खड्का दम्पतिले आगामी दिनमा बिद्यालयलाई आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता पनि जनाउनुभएको छ । सो अबसरमा बोल्दै माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ठकालले बिद्यार्थिहरुलाई गरीएको साईकल बितरणले बिद्यार्थीमा पढाईप्रति थप हौसला प्रदान गर्ने धारणा राख्नुभएको थियो ।

    बिद्यालयका प्रधानध्यापक रामबहादुर जिसी तथा बिद्यालयका अध्यक्ष श्यामकुमार विष्टले खड्का परीवारलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । साईकल बितरण समारोहमा मेयर ठाकुर ठकालसहित बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, बिद्यार्थि , अभिबावक लगाएतको उपस्थीती रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.