सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपरासीमा सुन्तला उत्पादनमा कमी


  •    न्युजभित्तो/१४ पुष २०७७, मंगलवार १०:२२ 
  • कावासोती, १४ पुस । सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको हो । असिनाका कारण बोटमा क्षति पुग्दा उत्पादनमा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रम नवलपुरका प्रमुख वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो ।

    नवलपुरमा यस वर्ष करिब २० हजार टन सुन्तला उत्पादन भएकोे छ । गत वर्ष जिल्लामा २२ हजार ३८ टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष सुन्तला उत्पादनमा करिब १० प्रतिशतले कमी आएको शर्माले जानकारी दिनुभयो । यस वर्ष सुन्तला बिक्रीबाट करिब रु आठ करोडको कारोवार हुने अनुमान गरिएको छ । गत वर्ष जिल्लामा सुन्तला बिक्रीबाट रु नौ करोड आम्दानी भएको थियो । गत वर्ष किसानले थोक मूल्य सरदर रु ३० देखि ४० प्रतिकिलो मूल्यमा बिक्री गरेका थिए । यस वर्ष सुन्तलाको मूल्यमा खासै गिरावट आएको छैन । यस वर्ष सरदर रु ५० देखि ६० प्रतिकिलो किसानले थोकमा बिक्री गरिरहेको शर्माले जानकारी दिनुभयो । मूल्यमा यस वर्ष वृद्धि भएकाले उत्पादनमा कमी आए पनि आम्दानीमा भने धेरै फरक नआएको उहाँको भनाइ छ ।

    जिल्लाको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूलको राम्रो उत्पादन हुँदै आएकाले त्यसको उत्पादनलाई वृद्धि गराउँदै, व्यावसायीकरण गराउनका लागि यहाँ आर्थिक वर्ष २०७५र७६ बाट १० वर्षे जोन परियोजना शुरु भएको हो ।

    बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिकाको ४, ५ र ६ नं वडा, देवचुली नगरपालिका–६, गैँडाकोट नगरपालिका–१८ र हुप्सेकोट गाउँपालिका–५ मा कार्यक्रम लागू भएको छ । पाँच सय ३१ हेक्टर क्षेत्रफलमा यहाँ सुन्तला जात फलफूल खेतीको बगैँचा रहेको भए पनि उत्पादनशील क्षेत्रफल भने १८१ हेक्टर मात्रै रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख शर्माले बताउनुभयो ।

    परियोजनाअन्तर्गत समूह, सहकारीको विवरण अद्यावधिक गर्ने, बगैँचा व्यवस्थापन गर्ने, १०० हेक्टर क्षेत्रफल विस्तार गर्ने, सिँचाइ र गोठ सुधारका कार्यक्रम भइरहेको छ । अहिले जिल्लाको दुई स्थानमा सुन्तला र कागतीको नर्सरी निर्माणको कामसमेत थालनी गरिएको छ । सुन्तला र कागतीका बिरुवा अन्यत्रबाट ल्याउनुपर्दा बिरुवा मर्ने, लागत महङ्गो पर्ने गरेकाले यस वर्षबाट जिल्लाको मध्यविन्दुमा कागती नर्सरी र बौदीकालीमा सुन्तलाको नर्सरी निर्माण शुरु गरिएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.