सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जको खुल्लाखोरमा बाघ पस्यो, दुई अर्ना मृत फेला


  •    न्युजभित्तो/१३ पुष २०७७, सोमबार १९:५२ 
  • चितपन, १३ पुस । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेरको छ । उक्त बाघको आक्रमणमा परी दुई वटा माउ अर्ना मरेका हुन् ।

    निकुञ्जको पुरानो पदमपुरमा रहेको खुल्ला खोरमा आज सोमबार दुई वटा अर्ना मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । ती दुई वयस्क पोथी रहेको उहाँले बताउनुभयो । विद्युतीय तारवार (ईलेक्ट्रीक फेन्स) ले खुल्ला खोर बारिएको छ । उक्त बारमा रुखको हाँगा झरेर केही दबेको ठाउँबाट उफ्रेर बाघ भित्र प्रवेश गरेको अधिकारीले न्यूजभित्तोलाई जानकारी दिनुभयो ।

    खोरभित्रै रहेको बाघलाई निकुञ्जका प्राविधिकहरुले आजै नियन्त्रणमा लिएर निकुञ्जको भित्री (कोर) ईलाकामा छाडेका छन् ।

    सरकारको विसं २०७१ को निर्णयानुसार विसं २०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तत्कालिन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो । कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तीमध्ये विभिन्न कारणले छ वटा अर्ना यस अघि नै मरेका थिए ।

    स्थानान्तरण गरी यहाँ ल्याएपछि हालसम्म ३ भाले, दुई पोथी र एक हालै जन्मिएको लिंग पहिचान नभएको गरी ६ वटा बच्चा जन्मिएका छन् । अब निकुञ्जमा बच्चा र बयस्क गरी १३ वटा अर्ना रहेका छन् ।

    खोर बढाएर यहाँ २० देखि ३० अर्ना पु¥याउने योजना निकुञ्जको छ । अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ । संख्या बृद्धि गरी झुण्डमा हिँड्न थालेपछि भने बाघले आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने निकुञ्जको योजना रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.