सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति चीन प्रतिवद्ध


  •    न्युजभित्तो/१३ पुष २०७७, सोमबार १६:५१ 
  • काठमाडौं, १३ पुस । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति आफू प्रतिवद्ध रहेको बताएको छ ।

    चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीले स्वायत्तता, पूर्ण समानता, पारस्परिक विश्वास र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति दृढ रहेको । चीनले नेपालका सबै राजनीतिक दलहरुसँग नजिकको र मित्रवत सम्बन्ध बनाएको छ ।’

    चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपविदेशमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डलको नेपाल भ्रमणको बारेमा सोधिएको प्रश्नमा उनले भ्रमण महामारी नियन्त्रण र अन्य चासोका विषयमा केन्द्रित रहेको बताउँदै आफूहरु हस्तक्षेप नगर्ने नीतिप्रति प्रतिवद्ध रहेको बताए ।

    आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले राष्ट्रपति, प्रधानमन्त्री र नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसँग भेट गरेको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीले पारस्परिक राजनीतिक विश्वास, व्यवहारिक सहकार्यको प्रवर्द्धन र दुई देशको विचमा रहेको परम्परागत सम्बन्धलाई अगाडि बढाउन सकारात्मक भूमिका खेलेको समेत उनले उल्लेख गरेका छन् । उनले नेपाल र चीन सम्बन्धलाई अगाडि बढाउन नेपालका सबै राजनीतिक दलहरुसँग काम गर्न तयार रहेको समेत उल्लेख गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.