सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देउवा भन्नु हुन्छा-अदालतको निर्णय मान्छौं


  •    न्युजभित्तो/१३ पुष २०७७, सोमबार १६:११ 
  • काठमाडौं, १३ पुस । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताएका छन् ।

    संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको उनले बताए । तर यो विषय अदालतमा विचाराधीन भएकाले आफ्नो इच्छा अनुसार वा विपरीत जे फैसला आएपछि स्वीकार गर्ने बताए ।

    संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले भने, ‘यो मुद्दा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो ।’

    कांग्रेसले अदालतलाई धम्क्याएर, तर्साएर यो निर्णय गर् भनेर कहिल्यै नभनेको उनले बताए ।

    कम्युनिस्ट सरकार आएपछि दुई तिहाईका कारण अदालत केही डराएको भन्दै देउवाले भने, ‘तै पनि कति कुराहरुमा अदालतले स्वविवेकीय निर्णय गरेको छ । त्यसैले हाम्रो इच्छाविरुद्ध होस् कि इच्छाअनुसार होस्, अदालतको निर्णय मान्छौं ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    नेप्से परिसूचक आठ अङ्कले घट्यो
    सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा
    • एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    • आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    • आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.