सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली कांग्रेस चितवनले संसद विघटनको विरोधमा गर्यो चितवनमा प्रर्दशन


  •    न्युजभित्तो/१३ पुष २०७७, सोमबार १४:२७ 
  • भरतपुर, १३ पुस । नेपाली कांग्रेस चितवनले संसद विघटनको विरोधमा चितवनमा पनि प्रर्दशन गरेको छ । चितवन क्षेत्र नम्बर १ को पर्सा चौविसकोठी, २ को चौविसकोठी भरतपुर र ३ को चनौली बजारमा विरोधसभा गरेको छ । भरतपुर चौविसकोठीमा आयोजित विरोधसभामा बोल्दै कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ओली र प्रचण्ड माधव नेपाल कुनै पक्षमा नरहेको बताउनुभयो ।

    “उबेला बिरामी प्रधानमन्त्रीलाई आराम गर्नु लगाउनु, भ्रष्टाचार बढ्यो, रोक्नु भन्दै संसदमा कांग्रेस बोल्दा नेकपाका कुनै नेताले सुनेनन्”, उहाँले भन्नुभयो, “संसद विघटन गरेर ओलीले संविधानमाथिनै प्रहार गर्नुभयो, यो कदम नेकपाकै कारण उब्जिएको हो, त्यसैले हामी नेकपाको कुनै पक्षसँग मिलेर आन्दोलन गर्ने पक्षमा छैनौँ ।” उहाँले कुन समूहमा जाने भनेर अलमलमा परेका नेकपाका कार्यकर्ताालाई बेलैमा कांग्रेस प्रवेश गर्न आग्रह समेत गर्नुभयो । उहाँले संविधान, लोकतन्त्र रक्षाका लागि कांग्रेस चुप लागेर नबस्ने बताउनुभयो । उहाँले पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ चुनाव क्षेत्र खोज्न समेत आग्रह गर्नुभयो । “मेरो क्षेत्र भनेर अब फेरी चितवन नआउनु, उबेला कांग्रेसलाई दिएको धोका भुलेका छैनौँ”, उहाँले भन्नुभयो, “बरु अर्कै निर्वाचन क्षेत्र खोज्नु, यसपाली चितवनका सबै निर्वाचन क्षेत्र कांग्रेसलेनै जित्छ ।”

    कांग्रेस चितवन क्षेत्र नम्बर २ का कोषाध्यक्ष टंकनाथ पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम क्षेत्रीय सभापति भरत लामिछानेको अध्यक्षतामा भएको थियो । यस्तै क्षेत्र नम्बर १ मा भएको विरोधसभामा पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी, सावित्री बोगटी, महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, पूर्वक्षेत्रीय सभापति कुमार कार्की, नगरसभापति शशि कुमार खनियाँ, क्षेत्रीय सभापति राजु सिलवालले मन्तव्य राख्नुभएको कांग्रेस चितवनका सहसचिव सूर्य अर्यालले जानकारी दिनुभयो । यस्तै चनौलीमा भएको बिरोधसभामा पूर्व चितवन पार्टी सभापति टेकप्रसाद गुरुङ, पूर्वसंविधानसभा सदस्य रामकृष्ण घिमिरे, महासमिति सदस्य दिनेश कोइराला पार्टी उपसभापति कैलाश कोइराला, प्रदेश सांसद बलराम पौडेल, क्षेत्रीय सभापति सरिता केसी लगायतले मन्तव्य राख्नुभएको क्षेत्र नम्बर ३ का उपसभापित अमृत बानियाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.