सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा निजी आवास निर्माण ८० दशमलव ३७ प्रतिशतले प्रगति


  •    न्युजभित्तो/१३ पुष २०७७, सोमबार १३:२० 
  • चितवन, १३ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनले निजी आवास निर्माणतर्फ ८० दशमलव ३७ प्रतिशत प्रगति भएको जनाएको छ । प्राधिकरणको छैटौँ स्थापना दिवसको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले सो जानकारी गराएको हो ।

    कार्यालयका इन्जिनयर सुजन नेपालका अनुसार जिल्लामा रहेका सात हजार ८६० लाभग्राहीमध्ये छ हजार ४१ लाभग्राहीले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ताबापतको रु एक लाखसमेत लिइसकेका छन् । यस्तै दोस्रो किस्ताबापतको एक लाख ५० हजार छ हजार ५२६ लाभग्राहीले र पहिलो किस्ताबापत रु ५० हजार सात हजार ५१६ लाभग्राहीले लिइसकेका छन् ।

    प्रबलीकरणतर्फ हालसम्म प्रथम किस्ताबापतको रु ५० हजार बुझ्ने एक हजार २६२ लाभग्राहीमध्ये नौ जनाले दोस्रो किस्ताबापतको रकम रु ५० हजारसमेत बुझिसकेका छन् । प्रबलीकरणका लागि एक हजार ३७८ लाभग्राही रहेका छन् । नेपालका अनुसार कार्यालयसँग निजी आवासतर्फ ३४४ र प्रबलीकरणतर्फ ११६ जना लाभग्राहीसँग सम्झौता हुन सकेको छैन । ती लाभग्राहीको नाम सूचीबाट हटाउनका लागि सिफारिस गरिएको छ ।

    नाम दोहोरिएका, वडामा समेत सम्पर्कमा नआएका, बसाइँ सरी अन्यन्त्र गएका, घर पुनःनिर्माण नगर्ने सोचमा रहेका लाभग्राहीका कारण सम्झौता गर्न नआएको नेपालले बताउनुभयो । पहिलो किस्ता लिएका दोस्रो किस्ता लिन नआउने लाभग्राही ६३३ जना, तेस्रो किस्ता लिन नआउने ४०४ लाभग्राही रहेका छन् । स्थानीय निकायको समन्वयको कमीका कारण किस्ता लिन आउन नचाहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका इन्जिनीयर सुवास न्यौपानेले बताउनुभयो ।

    कार्यालयमा प्रथम किस्ता रकम फिर्ता गर्ने दुई जना रहेका छन् । यसै क्रममा २३३ डकर्मी उत्पादन गरिएकोको कार्यालयले जनाएको छ । पहिलो किस्ताको सम्झौता गर्नका लागि प्राधिकरणले यही पुस १५ गतेसम्मका लागि समय दिएको नेपालले जानकारी दिनुभयो ।

    यस्तै सोही अवधिमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तर्फ हालसम्म १७९ वटा विद्यालय भवन बनेका छन् । पाँच सय ७४ वटा कक्षा कोठा निर्माण भएको शिक्षाका इन्जिनीयर सरोज श्रेष्ठले जानकारी दिनभयो । शौचालय १०४ वटा र खानेपानी ५१ वटा निर्माण गरिएको छ । उहाँका अनुसार जिल्लाका २३३ वटा विद्यालयमा ७४० कक्षाकोठा क्षति पुगेको थियो । विद्यालयको भवन निर्माणतर्फ ५६ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.