सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कैलालीमा २ जना प्रहरीको हत्या भएको घटनाका मुख्य आरोपीलाई पक्राउ


  •    न्युजभित्तो/१३ पुष २०७७, सोमबार १२:५८ 
  • कैलाली , १३ मङ्सिर। कैलालीमा गत कात्तिक १ गते २ जना प्रहरीको हत्या भएको घटनाका मुख्य आरोपीलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको तस्करको समूहबाट हत्या भएको थियो ।

    उक्त घटनाको मुख्य योजनाकार भन्दै प्रहरीले धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुकबहादुर भन्ने अमर रानालाई सोमबार सार्वजनिक गरेको छ । केराउ तस्करी गरिरहेको बेला पक्राउ गर्न खोज्दा तस्करहरुको समूहबाट २ प्रहरीको हत्या भएको थियो ।

    घटनाको २ महिनापछि कैलाली फूलबारीबाट राना पक्राउ परेका हुन् । घटनापछि मुख्य योजनाकार राना भारततर्फ भागेको प्रहरीको भनाइ छ । उनी आइतबारमात्र नेपाल प्रवेश गरेका थिए ।

    ‘आइतबार भारतबाट आएको सूचना पछि हामीले पक्राउ गरेको हौँ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले, ‘घटनाका मुख्य योजनाकार यही हो ।’

    मुख्य योजनाकार भनिएका राना यसअघि पनि अवैध ढङ्गबाट सामान तस्करीमा संलग्न रहेको प्रहरीको दाबी छ । उनी नेपालबाट भारत र भारतबाट नेपालमा आउने सामान तस्करी गर्ने कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रमुख प्रहरी उपरीक्षक जबराले बताए ।

    यसरी भयो घटना

    कात्तिक १ गते करिब २५ लाख रुपैयाँ भन्दा बढीको केराउ तस्करीको जिम्मा स्थानीय तस्कर सुकबहादुर रानाले पाए । उनले आफ्नो सम्पर्कमा रहेका अन्य ८ जना तस्करहरूलाई आफ्नै घरमा बोलाए । उनीहरूले त्यहाँ मदिरा सेवन गरे । त्यही बेला उनकै घरबाट घरेलु हतियारसमेत लिएर उनीहरू नेपालबाट केराउ भारत पुर्‍याउन लागे ।

    ‘कसैले बाधा सिर्जना गरे प्रतिकार गर्ने ढङ्गले उनीहरू तस्करीमा हिँडेका थिए’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले अनलाइनखबरलाई भने, ‘तस्करी नियन्त्रण गर्न खोज्दा २ जना प्रहरीको हत्या भयो ।’

    प्रहरी सहायक निरीक्षक गोविन्द विकको शव घटना भएको भोलिपल्ट दिन अर्थात् कात्तिक २ गते र प्रहरी जवान राम बहादुर साउदको शव कात्तिक ४ गते मोहना नदीमा फेला पर्‍यो ।

    प्रहरीले यसअघि धनगढी उपमहानगरपालिका– १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २० वर्षीय राजेन्द्र राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने राम गोपाल रानालाई पक्राउ गरेको थियो । त्यसपछि धनगढी उपमहानगरपालिका–१० का २० वर्षीय रोहित राना पनि पक्राउ परेका थिए ।

    नेपालबाट भारत केराउ तस्करी गर्न लगाउने धनगढीका व्यापारी राजीव गुप्तालाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

    मङ्सिर ८ गते कैलाली जिल्ला अदालतले प्रहरी हत्यामा संलग्न ८ जनालाई पूर्पक्षका लागि कारागार चलान गरेको थियो भने व्यापारी गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.