सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपाको आन्तरिक राजनीतिक किचलो मिलाउन काठमाडौं आइपुग्यो चिनियाँ टोली


  •    न्युजभित्तो/१२ पुष २०७७, आईतवार १६:२० 
  • काठमाडौं, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिक किचलोका कारण विकसित पछिल्लो अवस्थाबारे जानकारी लिन र उपयुक्त सल्लाह सुझाव प्रदान गर्न चिनियाँ टोली नेपाल आएको छ ।

    एयर चाइनाको चार्टर्ड विमानबाट उत्तरी छिमेकी चीनका उच्च अधिकारीको टोली आइतबार काठमाडौं आइपुगेको हो ।

    चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वमा चार सदस्यीय टोली रहेका छन् ।

    चिनियाँ टोलीको भ्रमणबारे जानकारी नदिइए पनि नेकपा विभाजनमा पुगेका बेला रोक्ने कसरतका लागि गुओ नेपाल आएको दावी गरिएको छ ।

    चार दिन नेपाल बस्दा चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।

    २०७४ सालमा पनि नेता गुओ फागुनमा नेपाल आएको र उहाँको भ्रमण लगत्तै नेपालका दुई कम्युनिष्ट पार्टी एमाले र र माओवादी केन्द्रबीच पार्टी एकीकरण सम्भव भएको थियो ।

    नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले पनि पटक पटक राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री ओलीलगायतका शीर्ष नेतासँग भेटवार्ता गरिरहनु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    नेप्से परिसूचक आठ अङ्कले घट्यो
    सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा
    • एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    • आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    • आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.