नेकपा चितवनको पार्टी कार्यालय प्रशासनको सुरक्षा घेरामा, कुनै पक्षले पनि प्रयोग गर्न नपाउने
न्युजभित्तो/१२ पुष २०७७, आईतवार १३:०३
चितवन, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको जिल्ला कार्यालय प्रशासनको सुरक्षामा रहेको छ । आज आईतबारदेखि प्रशासनले कुनै पनि पक्षले प्रयोग गर्न नपाउने गरी सुरक्षा दिएर राखेको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कानुन बमोजिम ठहरेर नआउँजेलका लागि सुरक्षा दिएर राखिएको बताउनुभयो । उहाँले तोकिएर नआएसम्म कुनै पनि पक्षले उक्त कार्यालय प्रयोग गर्न नपाउने जानकारी दिनुभयो ।
कार्यालय परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ । आजबाट सुरक्षाकर्मीले कार्यालयमा कसैलाई पनि प्रवेश गर्न दिएको छैन ।
नेकपा चितवनका नेता रामप्रसाद न्यौपानेले पार्टी कार्यालय प्रथम अध्यक्षकै हुने भएकोले अन्य कुनै पक्षलाई अनधिकृत रुपमा प्रयोग गर्न नदिन प्रशासनमा लिखित जानकारी गराएको बताउनुभयो । उहाँले कसैले अनधिकृत रुपमा प्रयोग गरे उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष हुने भन्दै कार्यालय बन्द रहेको जानकारी प्रशासनलाई गराईएको बताउनुभयो ।
हिजो शनिबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षका युवा विद्यार्थीले पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । शनिबार नै प्रचण्ड पक्षले ताला फोरेको थियो ।