सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्ड-नेपाल समूहले आइतबार लुम्बिनी प्रदेशका ९ जिल्लामा जिल्लास्तरीय भेला गर्दै


  •    न्युजभित्तो/१२ पुष २०७७, आईतवार १२:१४ 
  • बुटवल, १२ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आइतबार लुम्बिनी प्रदेशका ९ जिल्लामा जिल्लास्तरीय भेला गर्दैछ ।

    प्रदेशका १२ जिल्लामध्ये रोल्पा, नवलपरासी पश्चिम र प्युठान बाहेकका ९ जिल्लामा भेला हुन लागेको हो । जिल्ला भेलालाई सम्बोधन गर्न नेकपाका शीर्ष नेताहरु आउँदैछन् ।
    नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीका अनुसार रुपन्देहीको भेलालाई घनश्याम भुसाल, डा। विजय पौडेल, हकिकुल्ला खाँ, दधिराम न्यौपानेलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

    कपिलवस्तुमा चक्रपाणी खनाल (बलदेव०, गिरिधारीलाल न्यौपाने, विष्णु पन्थीलगायतले सम्बोधन गर्दैछन् । दाङमा युवराज ज्ञवाली, कृष्णबहादुर महरा, मेटमणि चौधरी र बाँकेमा योगेश भट्टराई, पूणरकुमारी सुवेदी, महेश्वर गहतराजलगायतले सम्बोधन गर्ने प्रदेश अध्यक्ष घर्तीले बताइन् ।

    यस्तै बर्दियामा हिमाल शर्मा, सन्तकुमार थारु, गुल्मीमा सुदर्शन बराल, दिनेश पन्थीलगायतले सम्बोधन गर्नेछन् ।

    स्थायी समिति सदस्य एवं पूर्वमन्त्री गोकर्ण विष्ट स्वास्थ्यमा समस्या आएका कारण जिल्ला भेलामा सहभागी हुन नसक्ने भएका छन् ।

    पाल्पाको भेलालाई नेता सोमनाथ पाण्डे, केन्द्रीय सदस्य ठाकुर गैरे, तुलामाराम घर्तीले सम्बोधन गर्नेछन् । अर्घाखाँचीको भेलालाई रामकुमारी झाँक्री, डिलाराम आचार्य र सुशीला श्रीपालीले तथा रुकुम पूर्वमा गणेशमान पुनले सम्बोधन गर्ने छन् ।

    रोल्पा, नवलपरासी पश्चिम र प्युठानको जिल्ला भेला भने भोलि हुने अध्यक्ष घर्तीले जानकारी दिइन् । लुम्बिनी प्रदेशका १२ जिल्ला अध्यक्षमध्ये दाहाल(नेपाल समूहतिर ६ जना जिल्ला अध्यक्ष खुलेर लागेका छन् भने ओली समूहतिर पाँचजना खुलेका छन् ।

    प्युठानका जिल्ला अध्यक्ष भने वामदेव गौतम समूहका भएकाले अनिणिर्त छन् । दाहाल(नेपाल समूहमा खुलेर लागेकाहरुमा रोल्पाका सुरेन्ऽ घर्ती, रुकुम पूर्वका मेघबहादुर श्रेष्ठ, नवलपरासी पश्चिममा भविश्वर तिवारी, दाङका टीकाराम खड्का, बाँकेका आईपी खरेल र बर्दियाका भवनकुमार थारु हुन् ।

    ओली समूहमा रुपन्देहीका शिवराज सुवेदी, कपिलवस्तुका झविलाल पोख्रेल, अर्घाखाँचीका चेतनारायण आचार्य, गुल्मी मधुकृष्ण पन्त र पाल्पा नारायण आचार्य खुलेर लागेका छन् ।

    प्युठानका तुलसीराम शर्मा वामदेव गौतम समूहका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.