सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओलीले निकै ठूलो छलाङ मार्न खोज्नु भएको छ : प्रकाश चन्द


  •    न्युजभित्तो/११ पुष २०७७, शनिबार २१:१० 
  • चितवन, ११ पुस । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा. प्रकाश चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीतिमा निकै ठूलो छलाङ्ग मार्न खोजेको बताउनु भएको छ । शनिबार पत्रकारहरुसँग कुरा गर्दै उहाँले ओलीको यो योजना सफल भए देश समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनु भएको हो ।

    आफु संसद पुनस्र्थापना नहोेस् भन्ने पक्षमा रहेको भन्दै उहाँले भन्नुभयो “अहिलेको राजनीतिक घटनाक्रमले जनतामा एकखाले उत्साह जगाएको छ ।” चन्दले प्रधानमन्त्री ओलीले संसद विघटन गरी राम्रो काम गरेको बताउनुभयो । सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको पक्षमा फैसला नगरी ओलीको निर्णयलाई सदर गरेर अगाडि बढे देश राजनीतिक रुपमा एउटा फरक कोर्समा अगाडि बढ्ने उहाँको भनाई थियो ।

    संसद विघटनले देशलाई धेरै आर्थिक भारबाट समेत बचाएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “राजनीतिक रुपमा जुन ढंगले जुन परिस्थितिले संसद विघटन भएको भएपनि यो ब्यवस्था परिर्वतनको सार्थक संकेत हो । अहिलेको अवस्था सृजना गर्नमा ओलीले धेरै ठूलो आँट गर्नुभएको छ ।”

    संसदीय भागबण्डाले मुलुक चल्दैन भन्ने धारणा विद्रोही नेकपाको भएको र ओलीले पनि त्यही नीतिलाई अंगीकार गरेकोले यसले कालान्तरमा ब्यवस्था परिर्वतनका लागि बाटो खोलेको उहाँको भनाइ छ । उहाँले सरकारी अस्पतालमा काम गरी गरिब, विपन्न नागरिकको उपचार गर्ने चाहना आफ्नो रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.